सर्वोच्चको ऐतिहासिक फैसला: ट्रम्पद्वारा लगाइएको विश्वव्यापी भन्सार शुल्क ‘गैरकानूनी’ ठहर

इनेप्लिज २०८२ फागुन ८ गते १५:१३ मा प्रकाशित

वासिङ्टन डीसी – अमेरिकी सर्वोच्च अदालतले शुक्रबार एक ऐतिहासिक फैसला सुनाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर एकपक्षीय रूपमा लगाएको व्यापक भन्सार शुल्क ले संघीय कानूनको उल्लंघन गरेको ठहर गरेको छ। 

ह्वाइट हाउसका लागि यो फैसला एउटा ठूलो पराजय हो, किनकि भन्सार वृद्धिको मुद्दा राष्ट्रपतिको विदेश नीति र आर्थिक कार्यतालिकाको केन्द्रविन्दु रहँदै आएको थियो।

दोस्रो कार्यकालका लागि सत्तामा आएको ट्रम्प प्रशासनले रूढिवादी बाहुल्य रहेको सर्वोच्च अदालतबाट बेहोर्नुपरेको यो सम्भवतः सबैभन्दा महत्त्वपूर्ण हार हो। 

गत वर्ष मात्रै यसै अदालतले आप्रवासन, स्वतन्त्र निकायका प्रमुखहरूलाई बर्खास्त गर्ने र सरकारी खर्चमा भारी कटौती गर्ने जस्ता आपतकालीन निर्णयहरूमा राष्ट्रपतिको पक्ष लिएको थियो।

प्रधानन्यायाधीश जोन रोबर्ट्सले बहुमतको राय लेख्दै अदालत ६-३ को बहुमतले ट्रम्पको भन्सार नीति कानूनको सीमाभन्दा बाहिर रहेको निष्कर्षमा पुगेको बताएका छन्। 

अदालतले फैसलामा उल्लट्रम्पले जुन ‘आपतकालीन अधिकार’ मा टेकेर यो निर्णय गरेका थिए, त्यो कानूनको कसीमा “अपूर्ण” देखिएको लेखेको छ ।

यो फैसलासँगै ट्रम्पको व्यापारिक रणनीतिमा अब कानूनी अड्चन उत्पन्न भएको छ।

प्रतिक्रिया