तामाङ सोसाइटी ग्रेटर वासिङ्टन,सोनाम ल्होछार २८६२को पूर्वाभ्यास सम्पन्न

डिग बहादुर तामाङ २०८२ फागुन ७ गते २:४० मा प्रकाशित

आज तामाङ सोसाइटी ग्रेटर वासिङ्टन, द्वारा आयोजना हुन लागेको सोनाम ल्होछार २८६२ कार्यक्रमको तयारी अन्तर्गत सञ्चालन गरिएको अन्तिम पूर्वाभ्यास (Final Rehearsal) सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइन्छ।

यस वर्षको सोनाम ल्होछार कार्यक्रम आगामी शनिबार, फेब्रअरी २१ का दिन भव्य रूपमा आयोजना हुने भएकोले, सो अवसरलाई सफल, अनुशासित र सांस्कृतिक रूपमा समृद्ध बनाउन सम्पूर्ण नेपाली समाज, समुदाय प्रतिनिधि, सांस्कृतिक समूह तथा शुभेच्छुकहरूलाई कार्यक्रमका विविध सांस्कृतिक प्रस्तुति तथा गतिविधिहरूमा सहभागी भई उपस्थितिको गरिमामय योगदान दिन हार्दिक आमन्त्रण गर्दछौं।

तामाङ समुदायको सांस्कृतिक पहिचान, परम्परा र मौलिकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई सबैको सक्रिय सहभागिताले अझ प्रभावकारी र अर्थपूर्ण बनाउने विश्वास लिइएको छ।

Address: 7217 Centreville Road, Manassas, VA.

Time 6 to 11 PM

तामाङ सोसाइटी ग्रेटर वासिङ्टन, USA

सोनाम ल्होछार २८६२ आयोजक समिति

प्रतिक्रिया