
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्ने नेपालीहरूका लागि खुसीको खबर आएको छ। बाल्टिमोरमा सञ्चालन हुँदै आएको प्राइम होलसेल तथा खुद्रा नेपाली बजार अब अझ ठूलो, फराकिलो र व्यवस्थित स्थानमा सरेको छ।
नयाँ स्थानमा सरेसँगै बजारले ग्राहकलाई कपडा सिलाई (टेलरिङ) सेवा समेत सुरु गरेको छ, जसले किनमेललाई झन् सजिलो बनाएको छ। लुगाहरु खरिद पछि सानो ठूलो बनाउनु परेमा त्यो सुबिधा पनि उपलब्ध गरिएको छ ।

पुरानै बजारको ठीक अगाडि सरेको हुनाले पुराना ग्राहकहरूलाई आउजाउ गर्न सहज भएको छ। साथै, सामग्री र सेवाहरू पनि थप विस्तार गरिएको छ। बजारका सञ्चालक गणेश लामिछानेका अनुसार यहाँ वर्षैभरि प्रायः सबै सामानमा नियमित छुट पाइन्छ। विशेष गरी दशैं, तिहार, तीज, ल्होसारजस्ता चाडपर्वमा भारी छुट योजना ल्याइन्छ।
खाद्यान्न, तरकारी, मसला, पूजा सामग्रीदेखि सारी, कुर्ता–सुरुवाल, बालबालिकाका लुगा, भाँडाकुँडा, हस्तकला, मादल, बाँसुरी, खुकुरी, बुद्ध–गणेश–शिवका मूर्ति र सजावट सामग्रीसम्म सबै वस्तु एकै ठाउँमा उपलब्ध छन्। नेपालका मौलिक उत्पादनले भरिएको यो बजारले नेपालीपनको झल्को दिलाउँछ।

घरमै बसेर बिधुतिय प्रणाली अर्थात् अनलाइन अर्डर गर्ने सुविधा पनि छ। सस्तो मूल्य र गुणस्तरीय सामानका लागि +1 (443) 699-9767 मा सम्पर्क गर्न सकिन्छ।
नेपाली उत्पादनको प्रवर्द्धन र समुदायको सेवामा समर्पित यो प्राइम बजार आज हजारौं नेपालीहरूको पहिलो रोजाइ बनेको छ। लामिछानेले सबैलाई एकपटक भ्रमण गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया