
वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा स्थापित चर्चित गैर मुनाफा सामाजिक सँस्था अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस ) को नेपाल शिक्षा सदनको १० बार्षिक उत्सव विविध कार्यक्रमको साथ सम्पन्न भएको छ l
फेब्रुअरी ८ आइतबारका दिन सम्पन्न मनासस स्थित एक अतिथिगृह (विनडम )मा आयोजना गरिएको उक्त कार्यक्रममा बिधार्थी,अभिभावक,अतिथि ,शिक्षक ,समाजसेवी ,संस्थाका पदाधिकारीहरु सहितको उपस्थितिमा भब्यताको साथ समापन गरियो ।

बिशेष अमेरिकामा जन्मेका तथा नेपाली बालबालिकाहरुका लागि भाषा संस्कृति तथा नेपालको परिचय सम्बन्धी मुख्य लक्ष्य लिएर स्थापना भएको उक्त नेपाली पाठशालाको औपचारिक रूपमा फेब्रुअरी १३ , २०१६ देखि संचालनमा आएको हो l
अमेरिका नेपाल शिक्षा सदन अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)को शिक्षा संकाय हो भने यसले पढाउने जिम्मेवार लिएको हो l बिगत १० बर्ष पहिला देखि स्थापित यो प्रतिष्ठानले प्रत्येक हप्ता आइतबारका दिन नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा संस्कृती,नैतिक शिक्षा तथा नेपाल परिचय सम्वन्धी कक्षा सन्चालन गर्दै आइरहेको छ l
यस्तै न्युयोर्क राज्यको बिधान सभा जिल्ला ३० का लागि उम्मेदवार रहेका नेपाली मूलका सोमनाथ घिमिरेले समेत आफ्नो परिचय दिदै चुनावको बारेमा बताएका थिए ।

आज भएको १० औ बार्षिक उत्सवको सभापतित्व बिओटिका सभापति केदार प्रसाद तिम्सिना गरेका थिए भने नेपाली दुतावासका कार्यबाहक राजदुत शरद राज आरन प्रमुख अतिथि रहेका थिए l बिओटिका सभापति तिम्सिनाले यो एउटा केवल शैक्षिक संस्था मात्र नभई नेपाली समुदायको साँझा भावना र सांझा पहिचान भएको बताए ।
कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु गरिएको थियो । सँस्थाकि अध्यक्ष कामना पन्थीले स्वागतम मन्तब्य राखेकी थिइन् । साथै उनले शिक्षकहरुले उल्लेखनीय भूमिका गरेको कदर गर्दै पुरस्कार बितरणमा पनि भूमिका निर्वाह गरेकी थिइन् । उनले एएनएचएले प्रकाशित गरेका पुस्तकको चर्चा गर्दै शिब लामिछानेलाई बिशेष धन्यबाद दिईन ।

कार्यक्रम अगाडी सरस्वतीको पूजा गरिएको थियो । बिधालयका बिधार्थीहरुले नृत्य प्रस्तुति, नैतिक शिक्षा,गीत,सामूहिक नृत्य ,राष्ट्रिय गीत तथा सामूहिक प्रस्तुति सहित केही बिद्यार्थीहरुले केही नेपालीमा बोलेका थिए । यस पटक एउटा नाटक पनि प्रस्तुति गरिएको थियो ।

त्यस्तै शिक्षक,प्राविधिक सहयोग गर्नेहरुलाई समेत प्रमाणपत्र वितरण गरियो । प्रमुख अतिथि शरद राजद्वारा प्रमाण पत्र समेत प्रदान गरिनुको साथै सभापति केदार तिम्सिना लगायतले बितरण गरेका थिए ।
प्रमुख अतिथि शरद राजले आफू पनि अध्यापन गरेको व्यक्ति हुनाले यहाँ प्रस्तुती गर्ने अमेरिका नेपाल शिक्षा सदनका भाइबैनी बिधार्थीहरुले नेपालको सभ्यता,संस्कृति ,शिक्षा परम्परा जुन छ त्यसलाई निरन्तरता दिई रहेको र त्यसले निकै महत्व राख्ने बताउदै कृतज्ञता ज्ञापन गरे । साथै आफ्नो प्रतिभा देखाउने र प्रस्तुति गर्ने पाठशालाका बिद्यार्थहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो l

उक्त नेपाली पाठशालामा नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षकले अध्यापन गराई रहेका छन् भने नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षकहरु पनि रहेका छन् । उक्त कार्यक्रममा सहभागी हुन् क्यानडा ,मिजौरी राज्य लगायतबाट सहभागिता रहेको थियो । उनीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
अमेरिका नेपाल शिक्षा सदनकी संयोजक समेत रहेकी तनुजा पोख्रेलले अमेरिका नेपाल शिक्षा सदन बारेमा प्रकाश परेकी थिइन् । अमेरिका नेपाल शिक्षा सदनद्वारा प्रकाशित पुस्तकहरु अमेरिकाको ४० वटा भन्दा ज्यादा बिद्यालय लगायत नेपाली समुदाय रहेका बेल्जियम ,अस्ट्रेलिया लगायत बिभिन्न राष्ट्रहरुमा पनि पुस्तक पढाई हुने समेत उनले बताइन ।
बिओटिका सभापति केदार प्रसाद तिम्सिनाले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरे ।

बिस्तृत तस्बिरहरु हेर्न यहाँ थिच्नु होला :
https://www.facebook.com/share/p/1AqaMwBeBx
https://www.facebook.com/share/p/1G8oUSNESt
https://www.facebook.com/share/p/1FBEdLHPiP
https://www.facebook.com/share/p/1QfE7HLPGs
प्रतिक्रिया