अमेरिकाको ५० वटा राज्यका राजधानी तथा ७ महादेशमा गल्फ खेलेका नेपाली मूलका कीर्तिमानी बिनोद थापासँग बिशेष कुराकानी

इनेप्लिज २०८२ माघ २९ गते ११:३४ मा प्रकाशित

अमेरिकामा ३७ बर्ष देखि बस्दै आएका नेपाली मूलका बिनोद थापासँग ईनेप्लिजले बिशेष अन्तर्वार्ता लिएको छ ।

अमेरिकाको ५० वटा राज्यका राजधानी ,७ वटा महादेश सहित बिश्वका ५० वटा भन्दा ज्यादा देशहरुमा पुगी गल्फ खेलेका डिसी महानगर क्षेत्रका बिनोद(बेन) थापाले केही आश्चर्यजनक खुलासा गरे ।

उनले ईनेप्लिजसँग कुरा गर्दै ईनेप्लिज पत्रिका अन्टार्टिकामा पुगेको समयमा त्यहाँ पनि पैसा तिरेर समाचार पढनुको साथै ७ वटा महादेश सहित बिश्वका ५० वटा भन्दा ज्यादा देशहरुमा जाँदा पनि एक पटक ईनेप्लिज हेर्ने गरेको जनाए ।

उनले अर्को महत्वपूर्ण जानकारी अन्टार्टिकामा रहेको हुलाक मार्फत पोष्टकार्ड पठाउदा झन्डै १ बर्षमा उक्त चिट्ठी अमेरिका आई पुगेका जस्ता रोचक जानकारी ईनेप्लिजलाई सुनाए ।

उनले अमेरिकाको डिसी महानगर क्षेत्रको साउथ राइडिंग स्थित आफ्नै निवासमा नेपाली पत्रिकामा सबै भन्दा ईनेप्लिजलाई दिएका हुन् ।

उनले मेरो गल्फ यात्रा नामक अद्भुत पुस्तक प्रकाशित गरे पछि उनले अहिले पनि बिदेशी पत्रपत्रिकालाई जुम मार्फत तथा सिधै अन्तर्वार्ता समेत दिदै आएका छन् । अन्तर्वार्ताकै क्रममा २५ बर्षको उमेरमा सन् १९८९ मा अमेरिका आउदा आमाले रातको समयमा घर आउनु पर्ने छोरा कहाँ कहाँ जान लागेको भन्दै भाबुक भएको दृश्य अझै ताजा रहेको भन्दै तस्बिर समेत ईनेप्लिज टोलीलाई देखाए ।

उनले अन्तरवार्ताकै क्रममा ७ वटा महादेश सहित बिश्वका ५० वटा राष्ट्रहरुमा गल्फ खेल्दै ल्याएका उपहार समेत देखाए । उनको कार्यकक्ष नै सबै गल्फका उपहारहरुले भरिभराउ छन् । उनले कुराकानीकै सिलसिलामा अमेरिकामा सबै भन्दा पहिला नर्थ डकोटा र साउथ डकोटा जस्ता नेपाल जस्तै प्राकृतिक सौन्दर्यले भरिएको राज्यबाट गल्फ अभियान थालेको बताए ।

अन्तर्वार्तामा बेनले आफ्नो नेपालसँगको पारिवारिक सम्बन्ध, देशप्रतिको माया र अमेरिकाका सुरुवाती दिनहरूमा भोग्नुपरेका दुःखकष्टका बारेमा पनि चर्चा गरेका छन्।

साथै, उनले कसरी आफ्ना सबै परिवारका सदस्यहरूलाई अमेरिका ल्याउन सफल भए र उनीहरूलाई यहाँ तालिम दिएर स्थापित हुन मद्दत गरे भन्ने कुरा पनि बताएका छन्। उनले आफ्ना आगामी योजनाहरूका बारेमा पनि कुराकानी गरेका छन्।

काठमाडौँ बालुवाटार निवासी बिनोद (बेन)थापा करिव साढे तीन दशक अगाडी अमेरिका आएका हुन् । अमेरिकामै आई उच्च शिक्षा हासिल गरेका उनि सूचना प्रविधि(आईटी)का दक्ष व्यक्ति हुन् । र ,उनि अमेरिकाकै प्रतिष्ठित प्रतिष्ठान(कम्पनी)मा उच्च ओहदामा कार्यरत छन् ।

बिश्वका ७ महादेश,अमेरिकाको ५० वटै राज्यका राजधानी तथा बिश्वका ६४ वटा देश भ्रमण मध्ये ५० वटा देशहरुमा गल्फ खेल्ने उनि सम्भवत बिश्व कै पहिलो गल्फ खेलाडी हुन् ।

सन् १९८९ मा अमेरिका आएका उनि मातृभूमिलाई औधि माया गर्छन । त्यसैले हरेक बर्ष दशैं मनाउन टाउकोले टेकर भए पनि नेपाल पुग्दछन ।

उनलाई अन्य खेल प्रति त्यतिकै रुचि पनि छ । नेपालमा किशोर अवस्था हुँदा उनको मन पर्ने खेल बक्सिङ्ग(मुक्कबाजी) थियो । खेल ज्यादै मन पराउने हुँदा स्वयम् मुक्केबाज(बक्सर) हुन् पनि भ्याए । प्रतियोगितामा भाग पनि लिए तर त्यसलाई स्थायी बनाएनन । किनभने उनलाई सपनाको देश तथा अवसरको देश अमेरिकाले चुम्बकले ताने झैँ ताने पछि उनि अमेरिका १९८९ मा अवतरण गरेका हुन् ।

अमेरिका आएको ४ बर्ष पछि उनको गल्फ खेलमा रुचि बढ्यो जुन उनले पुस्तकको प्रारम्भमा मेरो गल्फ यात्रामा उल्लेख गरेका छन् । त्यसपछि बेन थापाले पछाडी कहिले हेरेनन् । उनि अविरल रुपमा गल्फ खेलमा लागेको लागै गरे ।

परिणाम स्वरुप उनि अहिले डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको साउथ राइडिङ्ग शहरमा हुने प्रतियोगितामा धेरै पटक बिजेता भएका छन् । उनि साउथ राइडिङ्ग गल्फ क्लबका सदस्यको साथै यस क्लबका अत्यन्तै क्रियाशील सदस्य पनि हुन् । उनले नै १० बर्ष अगाडी उक्त क्लबमा आयोजना हुने फ्राईडे नाइट लिग ल्याएर अहिले सम्म निरन्तर संचालन गरि रहेका छन् ।

त्यति मात्र हैन उनको अद्वितीय र अद्भुत गल्फ यात्राले उनलाई बिश्व किर्तिमानीमा मात्र सीमित नगराई उनलाई अझ उचाईमा पुर्याउन सक्ने छ ।

पुस्तक अहिले एमाजोनमा बिक्रीको लागि अग्रिम रुपमा खरिद गर्न सकिने छ । उनको माई गल्फ जर्नी (मेरो गल्फ यात्रा)को मूल्य २९ डलर ९९ सेन्ट राखिएको छ ।

उनले पुस्तकको बारेमा यस्तो लेखेका छन् :

सन् १९९३ मा बिनोद (बेन)थापा पहिलो पटक गल्फ क्लब गएका थिए । काठमाडौं, नेपालमा हुर्केका उनी सानै उमेर देखि देशभरि बस(सार्वजनिक यातायात )मा यात्रा गर्थे । बेन सधैं घुम्न र संसारको खोजीमा रमाइलो गर्थे। गल्फ खेल क्षेत्रमा प्रवेश गरे पछि उनले अमेरिका र विश्वभरका प्रत्येक महाद्वीपमा हरेक राजधानीमा गल्फ खेल्ने प्रतिबद्धता जनाए। उक्त प्रतिबद्धता जनाए पछि उनको सपना ३७ बर्ष पछि साकार भएको छ । उनले लिएको अठोट पूरा भएकोमा उनि खुसी छन् ।

उनले यो पुस्तक आफ्ना कथाहरू मात्र नभई उनीहरूका कुराहरू पनि शेयर (साझा)गर्न र यसले आगामी वर्षहरूमा उनको गल्फ यात्रा जारी राख्न कसरी प्रेरित गरेको छ भन्दै यो पुस्तक लेखेको उल्लेख गरेका छन् ।

को हुन् विनोद (बेन) थापा :

विनोद (बेन) थापा एक शौकीन गल्फर (गल्फ खेल खेल्ने )र विश्व यात्री हुन् जसले सिस्टम इन्जिनियरिङ(प्रणाली अभियन्त्रणा)मा २५ वर्षभन्दा बढी समय देखि काम गरेका छन्।

नेपाली मूलका बेन थापा सधैं घुमफिर गर्न रमाइलो मान्दछन । बेनले पहिलो पटक पारिवारिक बिदामा गल्फ खेल्दा माया पाएको पुस्तकमा उल्लेख गरेका छन् । बेन आफ्नी श्रीमती र छोराछोरीहरूसँग साउथ राइडिङ्ग मै बसोबास गर्छन ।

साथै गल्फ खेल बाहेक उनि अमेरिकी फुटबल ,बास्केटबल ,बेसबल पनि त्यतिकै मन पराउछ्न । उनले नेपालको यात्रा बारे तथा अन्य बिषयमा लेखेका लेखहरु अमेरिकाका चर्चित पत्रपत्रिका वाशिंगटन पोष्ट लगायतमा पनि प्रकाशित भएका छन् । उनि गल्फ र ट्राभल्स (यात्रा)सम्बन्धी लेख पनि पनि लेख्छन ।

https://mygolfjourneybook.com/gallery/

विनोद (बेन) पूरा अन्तर्वार्ता हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया