
१७ माघ २०८२, काठमाडौं
बहुबिधाका चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणाको नविनतम कृति “अ-विधवा” सार्वजनिक भएको छ । यसलाई इम्प्रिन्ट पब्लिशर्सले प्रकाशनमा ल्याएको हो ।
साँढे चार दशक भन्दा बढी समयदेखि लेखनमा समर्पित प्रेरणाको यो २८औं प्रकाशित कृति हो भने सातौं कथा सङ्ग्रह हो ।
बि.सं. २०३४ सालमा पहिलो कथा “किनारा” को प्रकाशनसँगै साहित्यिक क्षेत्रमा उदाएका उनको पहिलो कृति नै कथा सङ्ग्रह “सुतेको समुद्र” थियो जसलाई विसं २०४० सालमा साझा प्रकाशनले प्रकाशन गरेको थियो ।
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बि.सं . २०४६ सालमा प्रकाशन गरेको “अन्तराल” कथा सङ्ग्रहले भीमचरण थापासँगै संयुक्त रूपमा “नारायणी वाङमय पुरस्कार” प्राप्त गरेको थियो ।
कथा क्षेत्रमा योगदान पु-याएबापत प्रेरणाले साहित्यिक पत्रकार संघले प्रदान गर्ने “मैनाली कथा पुरस्कार” समेत प्राप्त गरेका छन् ।
“अ-विधवा” उनको दोश्रो लामो कथा सङ्ग्रह हो । यसअघि उनको पहिलो लामा कथाहरूको सङ्ग्रह “गन्तब्य गणबहाल” बि.सं. २०७२ सालमा प्रकाशित भएको थियो ।
“अ-विधवा” सङ्ग्रहमा ७ लामा कथाहरू रहेका र ती सबै कथाहरू फूटकर रुपमा प्रकाशित नभएको कथाकार प्रेरणाले बताए ।
प्रतिक्रिया