
प्रविधि संसारका चर्चित व्यक्तित्व तथा बिश्वकै सर्वाधिक धनाढ्य उधमीइलन मस्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ ) अर्थात् कृतिम बुद्धिमत्ताको क्षेत्रमा क्रान्ति ल्याउने प्रतिष्ठान (कम्पनी )ओपन-एआई बीचको विवाद अहिले चरम सीमामा पुगेको छ।
मस्कले हालै अदालतमा एउटा निवेदन दिँदै ओपन-एआई र माइक्रोसफ्ट बाट १३४ बिलियन डलर क्षतिपूर्ति माग गरेका छन्।
विवादको जड के हो? ;
कुरा सन् २०१५ को हो। त्यतिबेला ओपन-एआई एउटा सानो संस्था थियो। मस्कले उक्त संस्था स्थापना गर्न प्रमुख भूमिका खेलेका थिए। उनले त्यतिबेला करिब ३८ मिलियन डलर लगानी गरेका थिए, जुन त्यस समयको कुल बजेटको ६० प्रतिशत थियो।
उनले पैसा मात्र होइन, आफ्नो नाम, प्रतिष्ठा र व्यापार बढाउने जुक्ति पनि सिकाएको उनले दाबी गरेका छन् । उनले भनेका छन्, “यदि म नभएको भए ओपन-एआईको अस्तित्व नै हुने थिएन।”
अहिले ओपन-एआई निकै सफल भएको छ। यसले बनाएको च्याट-जीपीटी संसारभर लोकप्रिय छ। सुरुमा यो संस्था “नाफा नकमाउने र मानिसको भलाइ गर्ने” उद्देश्यले खोलिएको थियो, तर अहिले यसले माइक्रोसफ्टसँग मिलेर पैसा कमाउने व्यापारिक कम्पनीको रूप लिएको छ। मस्कका अनुसार कम्पनीले कमाएको अर्बौँ डलरमा उनको पनि अधिकार छ।
प्रतिष्ठानहरूको प्रतिवाद:
ओपन-एआईले मस्कको यो दाबीलाई “हैरान पार्ने अभियान” भनेको छ। उनीहरूका अनुसार मस्कको माग गम्भीर छैन र यो केवल प्रचारको लागि मात्र गरिएको हो। माइक्रोसफ्टले पनि यसमा आफ्नो कुनै गल्ती नभएको बताएको छ। एकपटक दान दिएको व्यक्तिले पछि आएर प्रतिष्ठान (कम्पनी)को नाफामा भाग खोज्नु कानुनी रूपमा गलत हो, उनीहरूको भनाई छ ।
भविष्यको फैसला:
रोयटर्सका अनुसार क्यालिफोर्नियाका एक न्यायाधीशले यो मुद्दाको फैसला अब जनताको तर्फबाट छानिएका निर्णायक टोलीले गर्ने निर्णय गरेका छन्। यो ऐतिहासिक मुद्दाको सुनुवाइ आउँदो अप्रिल महिनादेखि सुरु हुनेछ।
मस्क अहिले आफ्नै नयाँ कृतिम बुद्धिमत्ता एक्सएआई ग्रक चलाइरहेका छन्, जसले च्याट-जीपीटीसँग प्रतिस्पर्धा गरिरहेको छ।
तस्बिर : कृतिम बुद्धिमत्ता
प्रतिक्रिया