
नेपाली जनसम्पर्क समिति अमेरिकाको महामन्त्री मुनिन्द्र नेम्बाङले एक बिज्ञप्ति प्रेसित गर्दै, यही २०८२ साल पौष २७ देखि ३० गते भृकुटी मण्डपमा सम्पन्न भएको ऐतिहासिक विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगनकुमार थापा, उपसभापतिहरू विश्वप्रकाश शर्मा र श्रीमती पुष्पा भुसाल गौतम, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल लगायत सबै सह- महामन्त्रीहरू तथा सम्पूर्ण निर्वाचित केन्द्रीय कार्यसमितिलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट पुर्णरूपले सहयोग र समर्थन रहने प्रतिबद्धताका साथ बधाई तथा कार्यकाल सफलताक शुभकामना व्यक्त गरेको छ ।

जेनजी आन्दोलन पछि देश र कांग्रेससंग निराशिएका नेपाली जनतालाई बिशेष महाधिवेशनले ठुलो आशा र भरोसा जगाएको उल्लेख गर्दै, संयमित भएर सबै पार्टीका नेता एवम कांग्रेसजनहरूलाई एकजुट हुनका लागि रूख र चारतारे झण्डामा गोलबन्द हुन पनि महामन्त्री नेम्बाङले बिज्ञप्ति मार्फत आग्रह गरेका छन्। नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको रूपान्तरण सहित नेतृत्व पुस्तान्तरणको बहसलाई पार्टीको बिधान अनुसार युगान्तकारी निर्णय लिदैं विशेष महाधिवेशन सम्पन्न गराएकोमा निवर्तमान महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापालाई समितिको तर्फबाट आभार प्रकट बिज्ञप्तिमा गरेका छन् । बिशेष अधिवेशन पछि कांग्रेसमा नयॅा युगको सुरूवात भएकोले कांग्रेस सभापति गगन थापाको पुस्तालाई सबै कांग्रेसजन र आम नेपाली जनताले साथ र सहयोग गर्नुपर्ने निष्कर्ष निकाल्दै,संविधान र लोकतान्त्रको रक्षा गर्दै, राष्ट्रिय एकता कायम राख्नका लागि मुलुकमा कांग्रेस स्थापित हुनुपर्ने महामन्त्री नेम्बाङले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया