
गर्भावस्थामा एसिटामिनोफेन प्रयोग गर्दा अटिज्म नहुने नयाँ वैज्ञानिकहरुको अध्ययनले ठूलो भ्रम तोडेको छ ।
गर्भावस्थामा एसिटामिनोफेन जसलाई प्यारासिटामोल वा अमेरिकामा सर्वाधिक प्रयोग हुने टाइलेनोल पनि भनिन्छ जसको प्रयोग गर्दा बच्चामा अटिज्म अर्थात् ध्यान कमी र अत्यधिक सक्रियता वा बौद्धिक अपांगता हुने जोखिम बढ्दैन भन्ने कुरा नयाँ ठूला अध्ययनले पुष्टि गरेको छ।
यो अनुसन्धान द ल्यानसेटअबस्टेट्रिक्स ,गाइनेकोलोजी एण्ड हुमेन हेल्थ पत्रिका (जर्नल)मा प्रकाशित भएको हो। वैज्ञानिकहरूले करिब ६० वटा अध्ययनहरू समीक्षा गरेका थिए। चिकित्सकहरुको भनाइ अनुसार सही मात्रामा यो औषधि प्रयोग गर्दा कुनै हानि नहुने निष्कर्षमा पुगेका छन् ।
यसअघि केही अध्ययनहरूले टाइलेनोलले अटिज्मको जोखिम बढाउँछ भनेका थिए, जसले गर्भवती महिलालाई डरमा पैदा गरेको थियो। गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि “गर्भावस्थामा टाइलेनोल नलिनु” भनेर चेतावनी दिएका थिए। तर नयाँ वैज्ञानिक प्रमाणले यो दाबीलाई समर्थन नगर्ने एबिसीन्यूजको समाचारमा उल्लेख गरेको छ ।

यो नयाँ अध्ययनमा सिब्लिङ कमप्यारिजन अर्थात् एकै आमाबुबाबाट जन्मिएका सन्तानबीच यो विधि प्रयोग गरिएको थियो। अर्थात् एउटै आमाबाट जन्मिएका बच्चामध्ये एक गर्भावस्थामा औषधि लिइएको र अर्को नलिइएको अवस्थामा तुलना गरियो। यसले पारिवारिक र आनुवंशिक असर छुट्याउन मद्दत गर्छ।
विशेषज्ञहरू भन्छन्, ज्वरो, संक्रमण वा कडा दुखाइ उपचार नगर्दा आमा र बच्चा दुवैलाई जोखिम हुन सक्छ। अन्य औषधिहरू जस्तै एनएसएआइडि वा ओपिओइड झन् जोखिमपूर्ण हुन सक्छन्। त्यसैले, आवश्यक परेको बेला टाइलेनोल अर्थात् एसिटामिनोफेन नै सबैभन्दा सुरक्षित विकल्प मानिन्छ।
अमेरिकन कलेज अफ अब्स्टेट्रिक्स एण्ड गायनेक्लोजी (एसिओजी ) ले पनि आवश्यक परेमा सबैभन्दा कम मात्रा र छोटो समयका लागि एसिटामिनोफेन प्रयोग गर्न सल्लाह दिएको छ।
तस्बिर : कृतिम बुद्धिमत्ता ( च्याटजिपीटी /जेमानाइ एआइ)

प्रतिक्रिया