मिनेसोटामा संघीय गुप्तचरहरूमाथि अंकुश: अदालतद्वारा प्रदर्शनकारीहरूलाई धरपकड नगर्न कडा आदेश

इनेप्लिज २०८२ माघ ४ गते २:२५ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यकोएक अमेरिकी जिल्ला अदालतले ‘अपरेशन मेट्रो सर्ज’ अर्थात् ‘संघीय अध्यागमन कारबाही’ मा संलग्न संघीय गुप्तचरहरूका लागि कडा प्रतिबन्धहरू जारी गरेको छ।

न्यायाधीश क्याथरिन मेनेन्डेजले आज एक प्रारम्भिक आदेश जारी गर्दै एजेन्टहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध अनावश्यक बल प्रयोग नगर्न र विनाकारण सवारी साधनहरू रोक्न रोक लगाएकी छिन्।

न्यायाधिशका अनुसार संघीय गुप्तचरहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई पक्राउ गर्न, थुनामा राख्न वा प्रतिशोध लिन पाउने छैनन्। साथै प्रदर्शनकारीहरू विरुद्ध पिपर स्प्रे (मरिचको फोहोरा) वा अन्य गैर-घातक हतियारहरूको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

साथै संघीय एजेन्टहरूले ‘ठोस शंका’ विना चालकहरूलाई बाटोमा रोक्न वा नियन्त्रणमा लिन पाउने छैनन्। अधिकारीहरूलाई सुरक्षित दुरीबाट पछ्याउनु मात्रै सवारी साधन रोक्नका लागि पर्याप्त आधार हुने छैन भन्दै न्यायाधीशले स्पष्ट पारिन् ।

यो आदेश मिनेसोटामा जारी कारवाही नसकिएसम्म वा परिस्थितिमा परिवर्तन नआएसम्म लागू रहनेछ। सिएनएनका अनुसार यो नियम विशेष गरी हालको कारवाहीमा संलग्न गुप्तचर हरूका लागि मात्र हो र अन्य नियमित कर्तब्य(ड्युटी)मा रहेका अधिकारीहरूलाई यसले समेट्ने छैन।

प्रतिक्रिया