
नोबेल इन्स्टिच्युट(सँस्था)ले नोबेल शान्ति पुरस्कार एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण गर्न नमिल्ने कुरा फेरि दोहोर्याएको छ। यो स्पष्टीकरण मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उपहार दिएको भोलिपल्ट आएको हो।
सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता मचाडोले हिजो ह्वाइट हाउसको ओभल कार्यालयमामा ट्रम्पलाई भेटेर आफ्नो पदकलाई सिसाको चौघेरा(मेडल फ्रेम )गरेर उपहार दिएकी थिइन्।उनले ट्रम्प यसको “हकदार” भएकोले आफूले पदक दिएको बताएकी थिइन्।

यस घटनापछि नोबेल इन्स्टिच्युट(संस्थान)ले एक विज्ञप्ति जारी गर्दै पुरस्कारका नियमहरू प्रष्ट पारेको छ। संस्थानका अनुसार विजेताले सुनको पदक, एउटा प्रमाणपत्र र पुरस्कार रकम प्राप्त गर्छन्। तर, त्यो भौतिक पदक वा पैसा जसको हातमा पुगे पनि इतिहासको पानामा विजेताको नाम भने परिवर्तन हुँदैन।
विज्ञप्तिमा भनिएको छ, “पदक वा प्रमाणपत्र जसको कब्जामा भए पनि, इतिहासमा पुरस्कार विजेताको रूपमा पहिलेकै व्यक्तिको नाम दर्ता रहनेछ।” इन्स्टिच्युट(संस्थान)ले प्रष्ट पार्दै पुरस्कार घोषणा भइसकेपछि यसलाई अरूसँग बाँड्न वा अरूलाई हस्तान्तरण गर्न मिल्दैन। साथै, एक पटक दिइएको नोबेल शान्ति पुरस्कार कहिल्यै पनि फिर्ता लिन वा खारेज गर्न सकिँदैन।
प्रतिक्रिया