संयुक्त राष्ट्र संघमा चर्काचर्की: : “ट्रम्प कुरा होइन, काम गर्ने नेता हुन्”

इनेप्लिज २०८२ माघ ३ गते १७:३६ मा प्रकाशित

संयुक्त राष्ट्र संघको एक आपतकालीन बैठकमा अमेरिकाले इरानलाई कडा शब्दमा चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति डोनाल्ड ट्रम्प “बोल्ने मात्र नभई काम गरेर देखाउने व्यक्ति” भएको बताए । उनले भने इरानमा भइरहेको हिंसा र हत्या रोक्न राष्ट्रपति ट्रम्पले कुनै पनि कदम चाल्न सक्छन्।

अहिले इरानमा सरकारको विरोधमा ठूला आन्दोलनहरू भइरहेका छन्। एउटा मानव अधिकार संस्थाका अनुसार यो आन्दोलनमा अहिलेसम्म कम्तीमा २,६७७ जनाको ज्यान गइसकेको छ। अमेरिकाले इरानी सरकारले आफ्नै जनतामाथि दमन गरेको र उनीहरूको अधिकार खोसेको आरोप लगाएको छ।

राजदूत वाल्ट्जले इरानका नेताहरू आफ्नै जनतासँग डराएको र जनताको आवाज दबाउन हिंसाको सहारा लिएको बताए । उनले इरानमा भइरहेको हत्या नरोकिए त्यसको नतिजा निकै गम्भीर हुने चेतावनी पनि दिए ।

इरानका उप-राजदूत घोलम हुसेन दर्जीले भने अमेरिकाको आरोप अस्वीकार गरे । उनले अमेरिकाले मानव अधिकारको बहाना बनाएर इरानमा अस्थिरता फैलाउन र सैन्य हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

यदि इरानमा निर्दोष मानिसहरूको हत्या जारी रह्यो भने अमेरिका चुप लागेर बस्ने छैन भन्दै ह्वाइट हाउसले पनि प्रष्ट पारेको छ क। अहिले इरानका सडकहरूमा लाखौँ मानिसहरू प्रदर्शन गरिरहेका छन् र विश्वको ध्यान त्यसतर्फ मोडिएको छ।

प्रतिक्रिया