
नेप्लीज अमेरिकन नर्स एसोसिएशन (नाना) को आयोजनामा आगामी शनिबार, जनवरी १७, २०२६ का दिन १३ औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न हुन गइरहेको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने यस कार्यक्रमको नेतृत्व संस्थाकी अध्यक्ष आङ याङ्की शेर्पाले गरि रहेकी छन् भने कार्यक्रमको सञ्चालन सबिना श्रेष्ठ र मनिन्द्र कुमार बज्राचार्यले गर्नेछन्।
यस वर्षको सम्मेलन “मानसिक स्वास्थ्य र प्रविधि” मा केन्द्रित रहने छ। कार्यक्रममा विभिन्न क्षेत्रका अनुभवी चिकित्सक र विज्ञहरूले आफ्ना महत्वपूर्ण प्रस्तुतिहरू दिनेछन्:
चिकित्सक मनिष शर्माले स्वास्थ्य सेवामा एआई अर्थात् कृतिम बुद्धिमत्ताको प्रयोग र डेचेन लामाले संक्रमण नियन्त्रणमा तथ्यांकको महत्वबारे जानकारी दिनेछन्।
त्यस्तै संगीता पुडासैनी-काप्री(विद्यावारिधी)ले प्रसवपूर्व हुनेउदासीपन (डिप्रेस) चिकित्सक म्यारीवुनेनबर्गले नर्सहरूको तनाव व्यवस्थापन र चिकित्सक सञ्जय यादवले मानसिक स्वास्थ्यले शारीरिक अवस्थामा पार्ने प्रभावबारे चर्चा गर्नेछन्।
यसी गरि मोना भण्डारीले काम र व्यक्तिगत जीवनबीचको सन्तुलन र कोलिन पाइक ब्लेयरले विदेशी स्वास्थ्य परिचारिका रूका लागि एनसिएलएक्स -आरएन तालिमबारे जानकारी दिनेछन्।
यस सम्मेलनको विशेष आकर्षण भनेको सहभागी स्वास्थ्य परिचारिका (नर्स)हरूले ३ घण्टाको “निरन्तर शिक्षा एकाइ” अर्थात् सिइयु क्रेडिट पाउनेछन्, जसले आफ्नो पेशाको अनुमति पत्र नवीकरण गर्नका लागि निश्चित घण्टाको सिइयु अनिवार्य चाहिन्छ।
कार्यक्रमको अन्त्यमा नेपाली कला र संस्कृति झल्काउने आकर्षक सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिनेछ।
यो सम्मेलन नेपाली नर्सहरूलाई आधुनिक चिकित्सा पद्धतिसँग जोड्न र उनीहरूको मानसिक एवं पेशागत स्वास्थ्यलाई सुदृढ बनाउन एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।
कार्यक्रमको मुख्य जानकारी:
कहिले ?: यो सम्मेलन सन् २०२६, जनवरी १७ तारिख (शनिबार) बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म हुनेछ।
कहाँ?: कार्यक्रम न्यूयोर्कको ‘रिजउड’ स्थित स्टेफन स्ट्रिटमा आयोजना हुनेछ।
यस वर्षको मुख्य नारा “मानसिक स्वास्थ्यमा विश्वव्यापी दृष्टिकोण: प्रविधि र सामुदायिक साझेदारीको प्रयोग” रहेको छ। यसको अर्थ, मानसिक स्वास्थ्यका समस्याहरूलाई प्रविधिको सहयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे विज्ञहरूले आफ्ना भनाइहरू राख्नेछन्।
प्रतिक्रिया