अमेरिकी स्वास्थ्य सचिव केनेडीको ‘स्वास्थ्य क्रान्ति’: अमेरिकीहरूको भान्छाबाट चिनी र रसायन हटाउने कडा नियम

अहिले अमेरिकामा ७० प्रतिशतभन्दा बढी मानिसहरूको तौल बढी छ

इनेप्लिज २०८२ पुष २७ गते १३:३८ मा प्रकाशित

हालै अमेरिकाको स्वास्थ्य बिभाग र कृषि बिभागले संयुक्त रूपमा नयाँ पोषण निर्देशिका सार्वजनिक गरेका छन्। स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले यसलाई “इतिहासकै सबैभन्दा ठुलो परिवर्तन” भनेका छन् । यसको मुख्य उद्देश्य अमेरिकीहरूमा बढ्दै गएको मोटोपन र बिरामीपनलाई कम गर्नु हो।

यस नयाँ नियमका मुख्य ५ विशेषताहरू यस प्रकार छन्:

१. उल्टो खाद्य पिरामिड : पहिलेको नियममा अन्न (चामल, गहुँ) लाई धेरै खान भनिन्थ्यो। तर नयाँ पिरामिडलाई उल्ट्याइएको छ। अब सबैभन्दा धेरै जोड प्रोटिन (मासु, अण्डा, माछा) र तरकारी मा दिइएको छ। अन्न वा कार्बोहाइड्रेटलाई थोरै मात्र खान सुझाव दिइएको छ।

२. चिनी र कृत्रिम गुलियोमा प्रतिबन्ध: केनेडीले चिनीलाई स्वास्थ्यको ठूलो शत्रु मानेका छन् । नयाँ नियम अनुसार, १० वर्ष मुनिका बालबालिकालाई दिइने कुनै पनि खानामा ‘थपिएको चिनी’ हुनु हुँदैन। सोडा अर्थात् कोकोकोला ,फ्यान्टा , ऊर्जा दिने पेय पदार्थ(इनर्जी ड्रिंक) र मिठाईलाई पूर्ण रूपमा कम गर्न भनिएको छ।

३. प्रशोधित खाना विरुद्ध कडा कदम: कम्पनीहरूले बनाउने पुरिया या बट्टा (प्याकेट)का खानेकुराहरू जस्तै चिप्स, बिस्कुट र खानाको लागि तयारी (रेडि-टु-इट )खानाहरूमा धेरै रसायन र नुन हुने हुनाले ती खानालाई ‘विष’ सरह मानिएको छ। अब बिद्यालय (स्कुल)का बालबालिकाहरूलाई दिइने खाजामा यस्ता सामग्रीहरू राख्न पाइने छैन।

४. प्रोटिनको मात्रामा वृद्धि: नयाँ नियमले वयस्कहरूका लागि प्रोटिनको मात्रा झन्डै दोब्बर बनाएको छ। शरीरको तौल अनुसार १.२ देखि १.६ ग्राम प्रति किलो प्रोटिन खानुपर्ने भनिएको छ। यसले मांसपेशी बलियो बनाउन र शरीरको प्रतिरक्षा प्रणाली सुधार्न मद्दत गर्छ।

५. स्वास्थ्यकर चिल्लोको फिर्ती: धेरै वर्षदेखि बोसो वा चिल्लोलाई खराब मानिन्थ्यो। तर केनेडीले असली नौनी (बटर ), ओलिभ आयल(जैतुन तेल) र पशुजन्य चिल्लोलाई स्वास्थ्यका लागि राम्रो भनेका छन्। पहिले ‘लो-फ्याट’ कम चिल्लो भएको दूध खान भनिन्थ्यो, तर अब ‘फुल-फ्याट’ वा बाक्लो दूध खान प्रोत्साहित गरिएको छ।

यो नियम किन ल्याइयो?

अहिले अमेरिकामा ७० प्रतिशतभन्दा बढी मानिसहरूको तौल बढी छ र धेरै बालबालिकाहरू मधुमेहको शिकार भइरहेका छन्। केनेडीका अनुसार सरकारले अब औषधिभन्दा बढी ‘खाना’ मा ध्यान दिएर मानिसहरूलाई स्वस्थ बनाउने लक्ष्य राखेको छ। यसलाई माहा मेक एगेन हेल्दी एगेन अभियानको एक हिस्सा मानिएको छ।

यो नियमले अब अमेरिकाका बिद्यालय ,अस्पताल र सरकारी भोजनालयको खाना सूची (क्यान्टिनको मेनु) पूरै बदल्नेछ।

यो नियम ५ वर्षमा एकपटक अध्यावधिक अहुने संघीय पोषण नीति हो र यसपटक यसलाई ठूलो परिवर्तन मानिएको छ, किन भने यसले धेरैजसो मानिसका नियमित खानाका बानी बदल्ने लक्ष्य राखेको छ।

सबैभन्दा पहिला यो सुझाव चै मानिसहरूले प्रशोधित खाना र थपिएको चिनी धेरै कम खानुपर्छ भनिएको छ । जस्तै चिप्स, मिठाइ, चिसो पेय पदार्थ जस्ता सामानहरू हटाउन आग्रह गरिएको छ।

नयाँ नियमले केही मुख्य बुँदाहरू यसरी बताएको छ:

प्रोटिनयुक्त खाना सबै भोजनमा — अण्डा, मासु, माछा, दाल, काजु, बदाम जस्ता पदार्थ बढी खानुपर्छ।
फलफूल र तरकारी प्रत्येक दिन — दिनमा कम्तीमा २ फलफूल र ३ वटा तरकारी खान सल्लाह दिइएको छ ।
पूर्ण अन्न ( होल ग्रेन ) —खैरो भात( ब्राउन राइस) ओट्स जस्ता स्वस्थ अन्नहरू।
पूरा चिल्लो (फ्याट )भएका दुग्ध — दूध, दही, पनीर जस्ता चीजहरू ‘कम फ्याट’ अर्थात् कम चिल्लो भएको भन्दा प्राथमिकता दिइएको छ ।
स्वस्थ बोसोहरू — जस्तै जैतुनको तेल, काँचो बदाम, एभोकाडो।
चिनी र अत्यधिक प्रशोधित खाना कम लिन प्रोत्साहन — स्वास्थ्यका लागि मदिरा पनि कम पिउन सल्लाह दिइएको छ ।

प्रतिक्रिया