
अमेरिकाले शनिबार सिरियाभरि रहेका आइएसआइएसका ठेगानाहरूमा ठूलो स्तरको हवाई हमला गरेको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेनाको मध्य कमाण्डका अनुसार यी आक्रमणहरू ३५ भन्दा बढी स्थानमा गरिएका थिए।
एक अमेरिकी अधिकारीका अनुसार, यस कारबाहीमा ९० भन्दा बढी सटीक बम र २० भन्दा बढी विमान प्रयोग गरियो। प्रयोग गरिएका विमानहरूमा एफ-१५ इ ए-१० ,एसि-१३०जे। एमक्यु-९ मानव रहित यान र जोर्डनका एफ-१६ विमान पनि थिए।
यो कारबाहीलाई “कारवाही हकआइ” नाम दिइएको छ। यो हमला डिसेम्बर १३ मा सिरियाको पाल्मिरा क्षेत्रमा भएको आईएसआइएसको आक्रमणको बदला स्वरूप गरिएको हो। उक्त आक्रमणमा २ जना अमेरिकी सैनिक र १ जना अमेरिकी दोभाषे मारिएका थिए।

अमेरिकी सेनाले सामाजिक सञ्जालमा लेखेको छ, “हामी आतंकवाद अन्त्य गर्न, भविष्यका आक्रमण रोक्न, र आफ्ना तथा सहयोगी सेनाको सुरक्षा गर्न प्रतिबद्ध छौं।”
रक्षा सचिव पिट हेगसेथले भने, “हामी कहिल्यै बिर्सँदैनौं र कहिल्यै पछि हट्दैनौं।” त्यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइएसआइएस विरुद्ध “गम्भीर बदला” लिने चेतावनी दिएका थिए।
अमेरिकाले यसअघि पनि डिसेम्बर १९ मा ७० भन्दा बढी आइएसआइएस ठेगानामा हवाई हमला गरिसकेको थियो।
प्रतिक्रिया