
भेनेजुएला सरकारले अमेरिकासँग नयाँ कूटनीतिक प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ। यो प्रक्रिया दुवै देशमा रहेका कूटनीतिक कार्यालयहरू (दूतावास) पुनः खोल्ने लक्ष्यसहित अघि बढाइने बताइएको छ।
भेनेजुएला सरकारले शुक्रबार टेलिग्राममार्फत वक्तव्य जारी गर्दै यो कदम राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेस विरुद्ध गरिएको भनिएको “आक्रमण र अपहरण” का असरहरू समाधान गर्नका लागि चालिएको हो जनाएको छ । साथै, दुवै देशका लागि फाइदाजनक विषयहरूमा मिलेर काम गर्ने लक्ष्य पनि राखिएको छ।
यस पहल अन्तर्गत, अमेरिकाबाट एक कूटनीतिक टोली शुक्रबार नै भेनेजुएला पुगी सकेको छ । उनीहरूले त्यहाँको प्राविधिक र व्यवस्थापनसम्बन्धी अवस्था मूल्यांकन गर्नेछन्। भेनेजुएलाको टोली पनि अमेरिका आउने र उनीहरूले आवश्यक कामहरू पूरा गर्नेछन्।
भेनेजुएला सरकारले सबै समस्या कूटनीतिक बाटोबाट समाधान गर्न र यसको मुख्य लक्ष्य शान्ति कायम राख्नु र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नु हो भनि उल्लेख गरेको छ ।
प्रतिक्रिया