
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आश्चर्यजनक घोषणा गर्दै चीन र रुसलाई “जति चाहिन्छ त्यति तेल” अमेरिकाबाट किन्न प्रस्ताव गरेका छन्। अहिले भेनेजुएलाको तेल खानी र बिक्रीमा अमेरिकाको नियन्त्रण बढ्दै गएपछि ट्रम्पले यस्तो बताएका हुन्।
ह्वाइट हाउसमा भएको अमेरिकी तेल प्रतिष्ठानका प्रमुखहरूसँगको बैठकमा ट्रम्पले भने, “हामी व्यापारका लागि तयार छौ। चीन र रुसले चाहे जति तेल हामीबाट किन्न सक्छन्।”
उनले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्नु र त्यहाँको तेल उत्पादन आफ्नो हातमा लिनुको कारण पनि खुलाएका छन्। ट्रम्पका अनुसार, यदि अमेरिकाले भेनेजुएलाको तेल कब्जा नगरेको भए चीन वा रुसले पहिले नै कब्जा गरिसक्ने थिए।
सिएनएनका अनुसार ट्रम्पको यो भनाइ अलि अनौठो मानिएको छ। किनभने, केही समयअघि मात्र उनले युरोपेली देशहरूलाई रुससँग व्यापार नगर्न चेतावनी दिएका थिए। उनले युक्रेनसँगको युद्ध रोक्नका लागि रुसी तेल किन्न बन्द गर्नुपर्ने तर्क गर्थे। तर अहिले उनी आफैँ रुस र चीनलाई तेल बेच्ने कुरा गरिरहेका छन्।
प्रतिक्रिया