न्यायाधीशको आदेश: ट्रम्प प्रशासनले गरिब बालबालिकाको पैसा रोक्न पाउँदैन

इनेप्लिज २०८२ पुष २६ गते ०:४९ मा प्रकाशित

संघीय न्यायाधीशले शुक्रबार फैसला गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच डेमोक्रेट नेतृत्व भएका राज्यहरूलाई दिइने बालबालिका र गरिब परिवारका लागि तय गरिएको संघीय रकम रोक्न नपाउने आदेश दिएका छन्। यी राज्यहरू हुन्—क्यालिफोर्निया, कोलोराडो, इलिनोइ, मिनेसोटा र न्यूयोर्क।

यी राज्यहरूले अदालतमा सरकारले तीनवटा महत्वपूर्ण कार्यक्रमका लागि दिने रकम अचानक रोक्दा उनीहरूको कामकाजमा ठूलो समस्या आएको छ भनि दाबी गरेका थिए । उनीहरूले यसलाई “व्यवस्थागत अराजकता” भनेका छन्। राज्यहरूको भनाइ अनुसार, सरकारले रकम रोक्नुको कुनै कानुनी कारण थिएन।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले यी राज्यहरूले गैरकानुनी रूपमा बसिरहेका मानिसहरूलाई फाइदा दिइरहेको शंका भएको कारण रकम रोकेको बताएको छ।

तर विभागले यसको कुनै प्रमाण पेश नगरेको र किन यी पाँच राज्य मात्र छानिए भन्ने पनि स्पष्ट नपारेको एपीले जनाएको छ ।

प्रतिक्रिया