मदुरोका समर्थकहरू सडकमा: “हाम्रा नेतालाई फिर्ता गर” भन्दै नाराबाजी,युवाहरुले दिए अमेरिकालाई धन्यबाद

इनेप्लिज २०८२ पुष १९ गते १३:३६ मा प्रकाशित

अमेरिकाकी महान्यायाधिवक्ता पाम बोन्डीले निकोलस मदुरो र उनकी श्रीमतीले अब अमेरिकी अदालतमा आपराधिक मुद्दाको सामना गर्नुपर्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन् , “उनीहरूले छिट्टै अमेरिकी माटोमा अमेरिकी न्यायको कठघरामा उभिएर सजाय भोग्नेछन्।” मदुरोमाथि सन् २०२० देखि नै न्युयोर्कमा मुद्दा दर्ता थियो, तर उनकी श्रीमतीमाथि पनि मुद्दा छ भन्ने कुरा अहिले मात्र बाहिर आएको हो।

यता भेनेजुएलाको राजधानी काराकासमा भने मानिसहरूको प्रतिक्रिया मिश्रित छ। मदुरोका समर्थकहरू ठुलो संख्यामा सडकमा उत्रिएका छन्। काराकासका नगर प्रमुखको नेतृत्वमा जम्मा भएको भीडले “मदुरोलाई तत्काल फिर्ता गर” भन्दै नाराबाजी गरिरहेका छन्। उनीहरू भन्छन्, “मदुरो, नडराउनुहोस्, जनता तपाईको साथमा छन्!”

यसै गरि मानिसहरु खुसीले सडकमा निस्किएका छन् । अमेरिकाले हामीलाई माया गर्छ भन्दै युवाहरुले अमेरिकालाई धन्यबाद दिएका छन् ।

तर, सर्वसाधारण नागरिकहरू भने निकै डराएका छन्। कतिपय मानिसहरूले रातभर सुत्न नपाएको र बाटोहरू बन्द हुँदा जनजीवन अस्तव्यस्त भएको बताएका छन्।

कोही मानिसहरूले अमेरिकालाई “विश्वको प्रहरी” र “हत्यारा” भन्दै आलोचना गरेका छन् भने कोहीले यसलाई ठुलो अन्यायको रूपमा हेरेका छन्। विपक्षी नेता मारिया कोरिना मछाडोको समूहले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया