नयॉ पासपोर्ट सम्बन्धमा नेपाली दूताबास , वाशिंगटन डिसी

इनेप्लिज २०८२ पुष १८ गते १:२१ मा प्रकाशित


१ जनवरी २०२६

वाशिंगटन डिसी – नेपाली पासपोर्ट बनाउनको लागी आबेदन दिएकाहरूको नयॉ पासपोर्ट आईपुग्न निकै नै समय लागेकोले , वाशिंगटन डिसी स्थित नेपाली दूताबासका कार्यबाहक नेपाली राजदूत शरदराज आरणलाई सोध्दा एक लट पासपोर्ट अर्को हप्ता वाशिंगटन डिसी आईपुग्ने जानकारी गराए ।

वाशिंगटन डिसी स्थित नेपाली दूताबास सम्म आएर नयॉ पासपोर्टलाई आबेदन दिनुभएका दाजुभाई, दिदी बहिनीहरूले “ पासपोर्ट किन ? आईपुगेन ? कहिले पाईन्छ ? पासपोर्ट ? “ भन्दै अमेरिकाभरीबाट सोधनी गर्नुभएको छ । पररास्ट्र मन्त्रालय , पासपोर्ट बिभागबाटै ढिलो भएको हो । पासपोर्ट छपाईमा नै ढिलो भएको थियो , अब सबै कुरो मिलीसकेको छ । अब नियमित रूपमा पासपोर्ट छपाई फट्टाफट् हुंदैछ । बिदेशी नियोगहरूलाई पासपोर्ट बिभागले जानकारी गराए अनुसार अब दुई दुई हप्तामा बण्डलका बण्डल नयॉ पासपोर्ट आईपुग्दैछ र पासपोर्ट प्राप्त हुंदासाथ आबेदकहरूले दिनुभएको हुलाक टिकट सहितको ठेगानामा पासपोर्ट घर घर मै पठाईदिन्छम् , सिर्फ़ धैर्य गरेर बस्नुहोला – अमेरिकाका लागी कार्यबाहक नेपाली राजदूत शरदराज आरणले बताए ।

वाशिंगटन डिसी स्थित नेपाली दूताबासमा नोभेम्बर १९ तारिख सम्म आबेदन दिएकाहरूको पासपोर्ट अर्को हप्ता दूताबासमा आईपुग्ने कुरा समेत कार्यबाहक राजदूत आरणले जानाकारी गराए ।

प्रतिक्रिया