क्रिसमसको पूर्वसन्ध्यामा टेक्ससमा एकै घरमा चार जना मृत भेटिए, प्रहरीद्वारा अनुसन्धान सुरु

इनेप्लिज २०८२ पुष ११ गते १२:२० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यस्थित टेरेल शहरमा क्रिसमस पूर्वसन्ध्या(इभ)को साँझ एक हृदयविदारक घटना भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार, एकै स्थानमा चार जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले स्थानीय समय अनुसार साँझ करिब ५:३० बजेतिर घटनास्थलमा पुग्दा ती शवहरू फेला पारेको थियो। अहिले प्रहरीले मृतकहरूको पहिचान खुलाउने कोसिस गरिरहेको छ।प्रहरीका अनुसार यो एउटा छुट्टै घटना हो र अहिले सर्वसाधारणका लागि कुनै खतरा छैन।

सिबिएसन्यूजका अनुसार यो घटना किन र कसरी भयो भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ। चाडबाडको समयमा भएको यो दुखद घटनाले स्थानीय बासिन्दाहरूलाई निकै चिन्तित र दुखी बनाएको छ।

तस्बिर : कृतिम बुद्धिमत्ता (च्याट जिपीटी)

प्रतिक्रिया