राजनीतिक बदला भन्दै संघीय न्यायाधीशको हस्तक्षेप, ट्रम्प प्रशासनको आदेश अमान्य

इनेप्लिज २०८२ पुष ९ गते १७:५७ मा प्रकाशित

एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई वाशिङ्टनका चर्चित वकिल मार्क जाइदको सुरक्षा स्वीकृति (सेक्यूरिटी क्लिअरेन्स)खारेज गर्ने मार्च महिनाको राष्ट्रपतीय स्मरणपत्र कार्यान्वयन गर्न रोक लगाएका छन्।

 उक्त आदेश जाइदमात्र होइन, थप १४ जनालाई लक्षित गरिएको भए पनि अदालतले जाइदको हकमा लागू नहुने ठहर गरेको हो।

यो निर्णय मंगलबार ट्रम्प प्रशासनका लागि दोस्रो कानुनी झड्का बन्यो।

 यसअघि अमेरिकी सर्वोच्च अदालतले पनि शिकागो क्षेत्रमा राष्ट्रिय सुरक्षा बल(नेशनल गार्ड )परिचालन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुमति दिन अस्वीकार गरेको थियो। 

एपिका अनुसार यसले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालभरि नै अदालतहरूले उनको व्यापक कार्यसूची र राजनीतिक प्रतिशोधका प्रयासहरूलाई बारम्बार रोकेको देखाएको छ।

वाशिङ्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश आमिर अलीले मार्क जाइदको प्रारम्भिक निषेधाज्ञाको माग स्वीकृत गरे। 

जाइदले मे महिनामा आफ्नो सुरक्षा स्वीकृति खारेज गरिएको भन्दै मुद्दा दायर गर्दै यसलाई “अनुचित राजनीतिक बदला” भनेका थिए। उनका अनुसार यस कदमले संवेदनशील राष्ट्रिय सुरक्षा मुद्दामा आफ्ना ग्राहकको प्रतिनिधित्व गर्ने क्षमता गम्भीर रूपमा प्रभावित हुन्छ।

मार्चको राष्ट्रपतीय स्मरणपत्रमा व्हाइट हाउसले जाइदसहित १४ जनाको सुरक्षा स्वीकृति “राष्ट्रिय हितमा नरहेको” दाबी गरेको थियो।

सूचीमा पूर्व उपमहान्यायाधिवक्ता लिसा मोनाको, न्युयोर्कका महान्यायाधिवक्ता लेटिसा जेम्स, पूर्व राष्ट्रपति जो बाइडेन र उनका परिवारका सदस्यहरू समेत समावेश थिए।

प्रतिक्रिया