
अमेरिकी एक न्यायालयले केही डेमोक्रयाटिक दलका पकड राज्यहरुलाई अमेरिकी गृह सुरक्षा विभागले रोकेको २३३ मिलियन डलर कटौती गैरकानुनी ठहर गरेको छ ।
यो सॅगै डेमोक्रयाटिक राज्यहरूको ठूलो जित भएको छ । एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको त्यो प्रयासमा रोक लगाएका छन्, जसअन्तर्गत संघीय आप्रवासन कारबाहीमा सहयोग नगर्ने राज्यहरूबाट गृह सुरक्षा बिभागको संघीय कोष फिर्ता लिने योजना बनाइएको थियो।
अमेरिकी जिल्ला न्यायाधिश मेरी म्याकएलरोयले सोमबार दिएको फैसलाले १२ राज्यका महान्यायाधिवक्ताहरूको गठबन्धनलाई ठूलो जित दिलाएको छ।
ती राज्यहरूले यस वर्षको सुरुमै मुद्दा दायर गरेका थिए, जब “सान्क्चुअरी” सॅरक्षण स्थान क्षेत्राधिकार भएको आरोप लगाउँदै उनीहरूको राज्यलाई दिइने संघीय अनुदान ठूलो मात्रामा घटाइने सूचना दिइएको थियो।
गृह सुरक्ष विभाग ( डिएचएस)) र फिमाले कनेक्टिकट, डेलावेयर, डिसी, म्यासाचुसेट्स, मिनेसोटा, न्युयोर्क, रोड आइल्याण्ड, भर्मन्ट र वाशिङ्टन राज्यबाट कुल २३३ मिलियन डलरभन्दा बढी रकम कटौती गरेका थिए।
यो रकम करिब १ बिलियन डलरको कार्यक्रमअन्तर्गत जोखिम मूल्यांकनका आधारमा वितरण हुनुपर्ने थियो, जुन पछि प्रहरी र दमकल विभागमा पठाइन्छ।
जज म्याकएलरोयले आफ्नो ४८ पृष्ठको फैसलामा संघीय सरकारले आप्रवासन कार्यान्वयनमा राज्यको सहयोगलाई आधार बनाएर सुरक्षा अनुदान घटाउनु संविधानविपरीत भएको ठहर गरेकी छन्।
प्रतिक्रिया