अमेरिकी पावरबल चिट्ठा कसैलाई परेन ,महाभाग्यशालीले १.७ बिलियन डलर घर लाने

इनेप्लिज २०८२ पुष ८ गते ११:२१ मा प्रकाशित

अमेरिकी पावरबल नामक चिट्ठा कसैले जित्न नसके पछि अबका महाभाग्यशालीले १.७ बिलियन डलर घर लाने भएका छन् ।

यस वर्ष क्रिसमस इभ अर्थात् क्रिसमस पूर्वसन्ध्यामा डिसेम्बर २४ का दिन गोलाप्रथा गरिनेछ । यो रकम पावरबल मात्र होइन, सम्पूर्ण अमेरिकी चिट्ठाइतिहासकै चौथो ठूलो चिट्ठा हो। सोमबार रातिको १.६ बिलियन डलरको चिट्ठा कसैले नजितेपछि रकम अझ बढेर १.७ बिलियन डलर पुगेको हो।

सोमबारको गोलाप्रथामा जित्ने अङ्कहरू ३, १८, ३६, ४१ र ५४ थिए भने पावरबल अङ्क ७ थियो। तर कुनै पनि टिकटले सबै अङ्क मिलाउन सकेन। त्यसैले बुधबारको गोलाप्रथा अझै रोमाञ्चक बन्न पुगेको छ।

यदि बुधबार राति खुले चिट्ठा एक जना मात्र विजेता भएमा बिजेताले दुई वटा विकल्प पाउनेछन्। पहिलो एकैचोटि ७८१.३ मिलियन डलर नगद लिन सक्ने छन् । दोस्रो, ३० वर्षसम्म किस्तामा रकम पाउने छन् ।पहिलोमा भुक्तानी तुरुन्त हुन्छ र बाँकी रकम हरेक वर्ष ५ प्रतिशतले बढ्दैजान्छ। यी सबै रकम कर काटिनु अघिका हुन्।

पावरबल खेल सन् १९९२ मा सुरु भएको हो। हालसम्म क्रिसमस इभमा एकपटक (२०११)र क्रिसमस दिवसमा चारपटक चिट्ठा जितिएको छ। यसपटकको ड्र हालको चिट्ठा चक्रको ४७ औंगोलाप्रथा हो, जुन पावरबल इतिहासमै सबैभन्दा लामो चक्र मानिएको छ।

अन्तिम पटक सेप्टेम्बर ६ मा मिजौरी र टेक्ससका दुई टिकटले १.७८७ बिलियन डलरको चिट्ठा बाँडेका थिए। यो पावरबल इतिहासमा लगातार दुईपटक १ बिलियन डलरभन्दा बढी चिट्ठा पुगेको दोस्रो अवसर हो।

ज्याकपोट जित्नका लागि ५ वटा सेता सानो भकुण्डो र १ रातो पावरबल सबै मिल्नुपर्छ। जित्ने सम्भावना भने २९ करोड २२ लाखमा १ मात्र छ। टिकटको मूल्य २ डलर पर्छ ।

यो चिट्ठा अमेरिकाका ४५ राज्य वासिङ्टन डी.सी., पुर्टो रिको र यूएस भर्जिन आइल्याण्ड्समा बिक्री हुन्छ। चिट्ठा हरेक सोमबार, बुधबार र शनिबार राति खोलिने गरिन्छ ।

प्रतिक्रिया