समुद्रमा अमेरिकाको दबदबा : संसारकै सबैभन्दा शक्तिशाली र विशाल युद्धपोत ‘ट्रम्प क्लास’ बन्ने राष्ट्रपतिको घोषणा

इनेप्लिज २०८२ पुष ८ गते १:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार अमेरिकी नौसेनाका लागि नयाँ र अत्यन्तै ठूला युद्धपोतहरू बनाउने योजना सार्वजनिक गरेका छन् । उनले यसलाई नौसेनाको “गोल्डेन फ्लिट” (सुनौलो जहाजको जत्था ) को नाम दिएका छन् । यी जहाजहरूको नाम “ट्रम्प क्लास” अर्थात् ट्रम्प श्रेणी राखिएको छ।

राष्ट्रपति ट्रम्पका अनुसार सुरुमा दुईवटा विशाल युद्धपोत बनाइनेछ र भविष्यमा यस्ता जहाजको संख्या २० देखि २५ सम्म पुर्‍याइनेछ। उनले भने , “यी जहाजहरू अमेरिका र विश्वकै इतिहासमा अहिलेसम्म बनेका सबैभन्दा ठूला युद्धपोत हुनेछन्।”

यो योजनाको ढाँचा ट्रम्पको पहिलो कार्यकाल देखि नै सोचिएको थियो।

अहिले अमेरिकाका पुराना जहाजहरू कमजोर र काम नलाग्ने हुँदै गएका छन्। त्यसैले अमेरिकालाई नयाँ र शक्तिशाली जहाजको खाँचो परेको हो। नयाँ युद्धपोतको नाम “यूएसएस डिफायन्ट” अर्थात् “अमेरिकी निडर युद्धपोत” राखिनेछ। यो जहाजले समुन्द्रमा साना लडाकु जहाजदेखि लिएर आधुनिक मानव रहित यान (ड्रोन)हरूलाई समेत नियन्त्रण गर्ने क्षमता राख्नेछ।

उओ युद्धपोतका विशेषताहरु भनेको यो जहाज संसारकै सबैभन्दा खतरनाक र हेर्दा पनि निकै राम्रो देखिने दाबी गरिएको छ। एउटा जहाज बनाउन करिब साढे दुई वर्ष लाग्ने अनुमान छ। ट्रम्पले यो कुनै एउटा देश (जस्तै चीन) विरुद्ध मात्र नभई, अमेरिकाको सुरक्षाका लागि सबै चुनौतीहरू विरुद्ध भएको बताए ।

अमेरिकाले भेनेजुएलाको तेल ढुवानीमा कडा निगरानी गरिरहेकोसमयमा यो घोषणा आएको हो । यी नयाँ जहाजहरूले भविष्यमा अमेरिकी समुद्री शक्तिलाई अझै मजबुत बनाउने विश्वास लिइएको छ।

तस्बिर कृतज्ञता :व्हाइट हाउस

प्रतिक्रिया