भर्जिनियामा नयाँ वर्षको धमाका: चर्चित गायक जेम्स प्रधान तथा स्थानिय कलाकारसँग झुम्ने अवसर

इनेप्लिज २०८२ पुष ६ गते १६:१९ मा प्रकाशित

भर्जिनिया राज्यको फेयरफ्याक्समा अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा एक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। ‘अस्त्र एण्ड फ्रेन्ड्स’ को प्रस्तुतिमा हुन लागेको यो नयाँ बर्षको पूर्व सन्ध्या सांगीतिक कार्यक्रम अर्थात् ‘प्रि-न्यू इयर सेलिब्रेशन’ डिसेम्बर २७ तारिख, बेलुका ६ बजेदेखि सुरु हुनेछ।

यस कार्यक्रमका मुख्य आकर्षण चर्चित गायक जेम्स प्रधान रहने छन् । उनिसँगै अस्त्र ब्यान्ड, बेसमेन्ट ब्यान्ड र विनोद, नुर तथा रुजन जस्ता कलाकारहरूले आफ्ना सुमधुर गीतहरू पस्कनेछन्। गीतका साथै सानी, भिजेन र कृषिकाको आकर्षक नृत्य र डिजे गोर्खालीको तालमा झुम्ने मौका पनि दर्शकहरूले पाउनेछन्।

नेपालीद्वारा संचालित तन्दुरी फेयरफ्याक्समा आयोजना हुने यस कार्यक्रमको प्रवेश शुल्क मात्र १५ डलर राखिएको छ। आशिष संग्रौला मुख्य प्रायोजक रहेको यस कार्यक्रमलाई स्थानीय व्यवसायीहरूले पनि साथ दिएका छन्। नयाँ वर्षको स्वागतमा रम्न चाहनेका लागि यो एक सुनौलो अवसर हो।

अन्य प्रायोजकहरुमा क्रमस एनआर होम्स एण्ड प्रोपर्टीका निशेष भट्टराई ,अधिवक्ता डा लब कार्की ,परख होम्सका कमल परख ,ट्याक्स तथा बिमाका अर्जुन दाहाल , ऋण अधिकृत भरत सुबेदी तथा केशव बराल रहेका छन् ।

आयोजकले सबै नेपाली समुदायलाई सहभागीको लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया