
अमेरिकाको फ्लोरिडा राज्यको मायामीमा भएको पछिल्लो चरणको शान्ति वार्ता “रचनात्मक रूपमा अगाडि बढ्दैछ” भनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रतिनिधि किरिल डिमिट्रीएभले बताए। वार्ता आइतबार पनि जारी रहनेछन्।
शनिबार, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए अनुसार, अमेरिकी टोलीले शान्ति वार्ताका लागि नयाँ ढाँचा प्रस्ताव गरेको छ। एबिसीन्यूजका अनुसार यस ढाँचामा युक्रेन, अमेरिका, रूस, र सम्भवतः युरोपीय प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। अमेरिकाले रूसी प्रतिनिधिसँग छुट्टै बैठक गर्ने प्रस्ताव पनि गरेको बताइएको छ ।
रूसका प्रतिनिधि डिमिट्रीएभ मायामी पुगेपछि शनिबार अमेरिकी वार्ताकारसँग भेट गरेका थिए । उनले वार्तालाई सकारात्मक बताउँदै आइतबार छलफल जारी रहने जानकारी दिए।
यद्यपि, पुटिनले शुक्रबारको वार्षिक पत्रकार सम्मेलनमा आफू शान्तिका लागि कुनै सम्झौतामा झुक्न तैयार नभएको पुनः दोहोर्याए। उनले युक्रेनले नेटोमा नजाने र पूर्व–दक्षिणका रूसी दाबी भएका भूभाग छोड्ने आफ्नो पुरानो अडान दोहोर्याए। उनले दावा गर्दै भने “हाम्रो सेना सबै मोर्चामा अगाडि बढिरहेको छ।”
यति बेला, दुवै देशबीच लामो दूरीका मानव रहित यान (ड्रोन )आक्रमणहरू पनि जारी छन्। युक्रेनले रातभरि ९७ मध्ये ७५ वटा रूसी मानव रहित यान (ड्रोन नष्ट )गरिएको दाबी गर्यो। रुसले पनि कम्तीमा ३ युक्रेनी मानव रहित यान (ड्रोन )खसालिएको बतायो।
प्रतिक्रिया