
नेपाली जनसम्पर्क समिति अमेरिकाको क्यालिफोर्निया राज्य स्थित “ जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टर “ को अधिवेशन भव्य, सभ्य, संवाद र सहमतिका साथ सम्पन्न भएको छ।
अधिवेशनबाट क्रमशः च्याप्टर अध्यक्षमा हरि भट्ट,बरिष्ठ उपाध्यक्ष-बिनोद पुन मगर,उपाध्यक्ष द्वय-पदम तामागं र प्रमेश्वर न्यौपाने,सचिव-ध्रुव राज दाहाल,कोषाध्यक्ष- सावित्री न्यूपाने, सदस्यहरू क्रमशः बवीता खनाल,प्रवेश गिरी,जनक के.सी.,सुरेश पुलामी,चित्र बहादुर बिष्ट,ध्रुव राज बि.क.,सोम भट्ट,निशान्त तामागं,टेक बहादुर सींह लगायतका उम्मेदवारहरू सर्वसम्त निर्विरोध निर्वाचित भएको व्यहोरा निर्वाचन-संयोजक विजय कुमार चौधरी द्वारा जारी एक विज्ञप्तीमा जनाइएको छ।

यसको कार्यकाल तीन बर्ष अर्थात सन,२०२८ सम्म रहने छ।यस अधिवेशनलाई निष्पक्ष, मर्यादीत,भयरहीत र विश्वस्नीयता बनाउनको लागि केन्द्रिय प्रतिनिधी चन्द्रकान्त धिताल,पर्यवेच्छकहरूको रूपमा स्थानीय संघसंस्था प्रतिनिधीहरू क्रान्ति अर्याल भण्डारी,प्रीतेश कार्की र राजेश थापा लगायत समाजका लब्ध प्रतिष्ठीत व्यक्तित्वहरू समेतले अनुगमन गरेका थिए।
आज चुनावी परिणाम घोषणा क्रममा निर्वाचन समितिका सदस्यहरू दिपक दाहाल,चन्द्रमाया गुरूगं,सुरेश भट्ट समेतको उपस्थिती रहेको थियो।

दोश्रो सत्रमा पद हस्तान्तरण कार्यक्रम निवर्तमान च्याप्टर अध्यक्ष नारायण खनालको अध्यक्षता,नेपाली कांग्रेस गोरखाका पार्टी सभापति एवं गण्डकी प्रदेश सदस्य माननिय नन्द प्रसाद न्यौंपानेको प्रमुख आतिथ्य, नेपाली जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष धनन्जय नरसींह के.सी. र केन्द्रिय सचिव ईश्वर सापकोटा द्वयको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ। यसै गरी बरिष्ट समाजसेवी भक्त्त थापा,प्रतिक पाण्डे,विनोद भट्ट,एनआरएनए क्यालिफोर्निया च्याप्टरका सभापति कुलप्रसाद ढाकाल,आईसीसी सदस्य रिता देवी प्रधान,एनडब्लुजीएन उपाध्यक्ष तारा चालिसे,हेमराज भट्ट,नारायण न्यौपाने,गोविन्द चलाउने, सुरेश हमाल, हेमा पनेरू,दिपकमान प्रधान,उत्तम कार्की लगायत बे-एरियाका बहुसंख्यक प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि लगायत विभिन्न वक्त्ताहरूले निर्वाचन समिति संयोजक विजय कुमार चौधरी र सदस्यहरू समेतको निष्पक्षता र विश्वस्नियता निर्र्वाचन गराए वापत खुलेरै प्रशंसा गरेका थिए।

प्रतिक्रिया