
२० डिसेम्बर २०२५, वाशिङ्टन डिसी
चर्चित पत्रकार तथा लेखक जयदेव गौतमको नयाँ प्रकाशित कृति “किताबको अँगालोमा” को विमर्स कार्यक्रम २७ डिसेम्वर शनिवारका दिन थोमस जेफर्सन लाइब्रेरी, फल्स चर्च भर्जिनियामा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा हुने भएको छ ।
सो कुरा कुरा प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले बताएका छन् ।
यो कार्यक्रम सेप्टेम्बरमा आयोजना गर्ने तयारी थियो, तर विशेष कारणबस स्थगित गरिएको थियो ।
यो पुस्तकको काठमाडौंमा विमोचन भएको थियो भने बुटवलमा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा बुटवलमा समेत परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
लामो समय सकृय पत्रकारिता गर्दै गर्दा निबन्ध लेखन, अन्तर्वार्ता तथा पुस्तक समीक्षा लेखनमा लागे पनि पछिल्लो समय अमेरिका बसाइका क्रममा उनको कलम निबन्ध, पुस्तक समीक्षा तथा अनुवादमा कलम चलेको छ ।
यसअघि उनको “ती नीला आँखा” निबन्ध सङ्ग्रह प्रकाशित भएको थियो ।
कार्यक्रम स्थलः 7415 Arlington Boulevard Falls Church, VA, 22042-7409
समयः दिउँसो १.३० बजे
मितिः २७ डिसेम्बर २०२५ शनिवार
थप जानकारीका लागिः
१, गोविन्द गिरी प्रेरणा 7036355781
२, जयदेव गौतम 5719820732
प्रतिक्रिया