
अमेरिकाको राजधानी वासिङ्टन डीसीको उत्तर-पूर्वी क्षेत्रमा रहेको ‘टी-मोबाइल’ (घुम्तीयन्त्र) पसलमा गत बिहीबार साँझ एक डरलाग्दो लुटपाट भयो । प्रहरीका अनुसार डिसेम्बर १८ तारिखको राती करिब पौने ८ बजे दुईजना लुटेराहरू हतियारसहित पसलभित्र छिरेका थिए।
ती लुटेराहरूले त्यहाँ कार्यरत कर्मचारी र पसलमा आएका एक ग्राहकलाई बन्दुक देखाएर डर देखाए। उनीहरूले सबैलाई जबरजस्ती पछाडिको एउटा कोठामा थुने र पसलको सेफ (सुरक्षित सन्दुक ) खोल्न लगाए।
लुटेराहरूले पसलबाट करिब ९० हजार डलर (करिब १ करोड २० लाख नेपाली रुपैयाँ) गुम्ती यन्त्र तथा अन्य विद्युतीय सामानहरूका साथै ५ सय डलर नगद लुटेर भागेका छन्।
एबिसी७ का अनुसार यस घटनामा कसैलाई पनि चोटपटक लागेको छैन। पसलभित्र जडान गरिएको श्रब्यदृश्य(भिडियो)लुटेराहरूको तस्बिर स्पष्ट रूपमा खिचेको छ।
अहिले प्रहरीले ती तस्बिरहरू सार्वजनिक गर्दै अपराधीहरूलाई चिन्न र पक्राउ गर्न सर्वसाधारणसँग सहयोग मागेको छ।
तस्बिर : कृतिम बुद्धिमत्ता -जेमनाई एआइ
प्रतिक्रिया