
अमेरिकी गृह सुरक्षा बिभाग(होमल्याण्ड सेक्युरिटी )सचिव क्रिस्टी नोएमले बिहीबार अबेर ट्रम्प प्रशासनले ‘डिभी चिठ्ठा कार्यक्रमलाई अस्थायी रुपमा रोक्ने घोषणा गरेकी छन् ।
ब्राउन विश्वविधालय( युनिभर्सिटी)का दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्याको आरोप लागेका व्यक्तिले आठ वर्षअघि यही चिठ्ठा मार्फत अमेरिका प्रवेश गरेको तथ्य खुलेपछि यो कदम चालिएको हो।
सचिव नोएमले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनिन् , “यी जघन्य अपराधीलाई हाम्रो देशमा कहिल्यै प्रवेश दिनु हुँदैनथ्यो।
राष्ट्रपति ट्रम्पको निर्देशनमा, म तत्काल यो ‘विनाशकारी’ कार्यक्रम रोक्न निर्देशन दिन्छु ताकि अरू कुनै पनि अमेरिकीले यस्तो क्षति भोग्न नपरोस्।”
सन् २०१७ मा चिठ्ठा प्रणालीबाट अमेरिका प्रवेश गरेका क्लाउडियो म्यानुएल नेभेस भालेन्टेले स्थायी आवासिय पत्र(ग्रीन कार्ड )पाएका थिए।
सन् १९९० को दशकबाट सुरु भएको यो कार्यक्रमले कम आप्रवासन दर भएका देशका ५०,००० मानिसलाई प्रतिवर्ष गोलाप्रथा मार्फत प्रवेशाज्ञा दिँदै आएको थियो।
यद्यपि यो कार्यक्रम संसदबाट पारित भएको हुनाले नोएमले कुन कानुनी आधारमा यसलाई रोकेकी हुन् भन्ने स्पष्ट छैन।
प्रतिक्रिया