अध्यावधिक गरिएको : ब्राउन र एमआईटी बिश्वबिद्यालय गोलीकाण्डको रहस्य खुल्यो: आफ्नै पूर्व विद्यार्थीले चलाएका रहेछन् अन्धाधुन्ध गोली

इनेप्लिज २०८२ पुष ४ गते १२:०७ मा प्रकाशित

अमेरिकाको ‘ब्राउन’ र ‘एमआईटी’ विश्वविद्यालयमा भएका हिंसात्मक गोलीकाण्डका मुख्य संदिग्ध, ४८ वर्षीय क्लाउडियो म्यानुएल नेभेस भालेन्ट, मृत फेला परेका छन्। उनले न्यु ह्यामसरको एक स्टोर (भण्डारण कक्ष) मा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ।

गएको हप्ता ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा १९ वर्षीया एला कुक र १८ वर्षीय मुहमद अजिजको ज्यान गएको थियो भने ९ जना घाइते भएका थिए। त्यसको दुई दिनपछि उनले एमआईटीका एक प्राध्यापकको पनि हत्या गरेका थिए।

“विश्वविद्यालयकी अध्यक्षका अनुसार, संदिग्ध व्यक्ति सन् २००० मा त्यहाँ बिद्या वारिधी (पीएचडी)का विद्यार्थी थिए। यद्यपि उनले अध्ययन पुरा नगरी छाडेका थिए, तर उनले पहिले धेरै समय बिताएको सोही अभियन्त्रणा (इन्जिनियरिङ )भवनलाई नै आक्रमणको निशाना बनाएका थिए ।”

भालेन्ट ब्राउन विश्वविद्यालयमा भौतिकशास्त्रका विद्यार्थी थिए ।

अधिकारीहरूका अनुसार, भालेन्ट सन् २००० मा विद्यार्थी भिसा (प्रवेशाज्ञा) मा अमेरिका प्रवेश गरेका थिए। त्यसपछि उनले अप्रिल २०१७ मा अमेरिकाको स्थायी बसोबासको अनुमति प्राप्त गरेका थिए।”

प्रहरीले त्यहाँ जडान भएका श्रब्यदृश्य (सीसीटीभी फुटेज )र एक व्यक्तिको महत्वपूर्ण सूचनाका आधारमा उनले चलाएको भाडाको कार पत्ता लगायो। अनुसन्धान गर्दै जाँदा उनले प्रयोग गरेको पसल सम्म प्रहरी पुग्यो, जहाँ उनको शव भेटियो।

यो डरलाग्दो घटनाको मुख्य कारण अझै खुलिसकेको छैन, तर संदिग्धको मृत्युसँगै धेरै दिनदेखि डरमा रहेका विद्यार्थी र स्थानीयले राहत महसुस गरेका छन्।

“गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार, संदिग्ध व्यक्तिले सन् २०१७ मा ‘डिभर्सिटी लटरी’ (डिभी ) कार्यक्रम मार्फत प्रवेशाज्ञा (भिसा) पाएका थिए। उनले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्स ‘X’ मा एक विज्ञप्ति जारी गर्दै ‘थप अमेरिकीहरूलाई हानि नहोस्’ भन्ने सुनिश्चित गर्न यो कार्यक्रमलाई तुरुन्तै रोक्ने निर्णय गरिएको जानकारी दिइन्।”

प्रतिक्रिया