अमेरिकी पावरबल चिट्ठा कुनै पनि भाग्यशालीले सबै अङ्क मिलाउन सकेन, चिट्ठा बढेर १. ५ ० बिलियन डलर पुग्यो

इनेप्लिज २०८२ पुष ३ गते १२:३१ मा प्रकाशित

गत बुधबार राति खोलिएको पावरबल चिठ्ठाको सबै अङ्क कसैले पनि नमिलाए पछि अब आउदो शनिबार खुल्ने भएको छ ।

अमेरिकाको प्रसिद्ध चिठ्ठा ‘पावरबल’ को मुख्य पुरस्कार कसैले नजितेपछि यसको राशि बढेर १.५ अर्ब अमेरिकी डलर (करिब १ खर्ब ९९ अर्ब नेपाली रुपैयाँ) पुगेको छ। बुधबार राति भएको गोलाप्रथामा १.२५ अर्ब डलरको पुरस्कार कसैलाई पनि नपरेपछि यो रकम अझ थपिएको हो। अब बिजेताले नगद लिन चाहेमा करिव ६८६.५ मिलियन डलर नगद लिन सक्ने छन् ।

बुधबार राति भएको गोलाप्रथामा पनि कुनै पनि व्यक्तिले सबै मिलेका अङ्कहरू मिलाउन सकेनन्। बुधबार खोलिएका अङ्क हरू २५ , ३३ , ५३ , ६२ , र ६६ र पावरबल अङ्क १७ रहेका थिए।

यो चिठ्ठाको ज्याकपोट अन्तिम पटक सेप्टेम्बर ६ तारिखमा मिजौरी र टेक्ससमा दुईवटा बिजेताले १.७८७ विलयन डलर जिते पछि बाँडेका थिए। यस चिठ्ठाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो चिट्ठा २.०४ बिलियन डलर रहेको थियो, जुन २०२२ को नोभेम्बर ७ मा जितिएको थियो।

यो बर्षको यो चिट्ठा सबै भन्दा दोश्रो ठूलो र इतिहास कै पाचौ ठूलो चिट्ठा हुनेछ । यदि कसैले यो चिट्ठा जितेमा बार्षिक किस्ताबन्दीमा या तत्काल एकै पटक नगद लिने सक्ने छन् ।

यो चिट्ठा जित्ने सम्भावना निकै कम हुन्छ किनभने लगभग २९ करोड २० लाखमा १ जनाको मात्र जित्ने मौका हुन्छ ।

पावरबल चिट्ठा खेल्नको लागि २ डलरको टिकट किन्नुपर्छ । आफैले केही अङ्कहरू छान्नुपर्छ नत्र नछाने पनि यन्त्रले आफै दिन्छ । यो चिट्ठा सन् १९९२ मा सुरु भएदेखि अहिलेसम्म यसले लगभग ३६ बिलियन डलर समाज सेवाको लागि पनि जम्मा गरिसकेको छ।

पावरबल चिट्ठा अमेरिकाका ४५ राज्यहरूमा खेलिन्छ । यसका साथै, डिसी,पुर्टो रिको र यू.एस. भर्जिन टापुहरूमा पनि खेल्न पाइन्छ। कुल मिलाएर ४८ स्थानमा पावरबलको टिकट किन्न सकिन्छ। हाल पावरबल टिकट नबेच्ने वा पावरबल चिट्ठा टिकट नभएका पाँच राज्यहरूमा अलाबामा,अलास्का,हवाई,नेभादा र युटाह रहेका छन् ।

प्रतिक्रिया