
अमेरिकाले ताइवानलाई १० बिलियन डलरभन्दा बढी मुल्य बराबरका ठूला हतियार बिक्री गर्ने निर्णय गरेको छ। यसमा मध्यम दूरीका क्षेप्यास्त्र (मिसाइल), एचआइएमएआरएस अर्थात् हाइमार्स रकेट प्रणाली, अत्याधुनिक आणव रहित यान , हाउविट्जर तोप, र सैन्य सफ्टवेयर(तन्त्रांश)जस्ता उपकरण समावेश छन्। यो निर्णयले चीन झनै रिसाउने अनुमान गरिएको छ ।
यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रव्यापी टेलिभिजन (दूरदर्शन) सम्बोधनकै समयमा सार्वजनिक भएको हो । सम्बोधनमा उनले चीन वा ताइवानबारे केही नबोले पनि विदेश बिभागले बिक्री सूची सार्वजनिक गर्यो।
बेचिने सामग्रीहरुमा क्रमस उच्च गतिशीलता भएको रकेट प्रहार गर्ने सैन्य प्रणाली हाइमार्स ८२ वटा र ४२० वटा स्थल सेनाको युद्धक क्षेप्यास्त्र प्रणाली अटाकम्स’ क्षेप्यास्त्र जसको मूल्य करिब ४ बिलियन डलर रहेको छ ।
त्यस्तै ६० स्वचालित हाउविट्जर प्रणाली र उपकरण जसको मूल्य ४ बिलियन डलरभन्दा बढी छ । साथै १ बिलियन डलरभन्दा बढीका सैन्य मानव रहित यान (ड्रोन) र १ बिलियन डलर बराबरका सैन्य सफ्टवेयर(तन्त्रास) लगायत रहेका छन् ।

अमेरिकाले यी हतियार बिक्रीले ताइवानको सुरक्षा, राजनीतिक स्थिरता र क्षेत्रीय शक्ति सन्तुलन मजबुत बनाउने जनाएको छ । अमेरिकी कानून अनुसार, अमेरिका ताइवानलाई आत्म–रक्षा गर्न सहयोग गर्न बाध्य छ।
ताइवानको रक्षा मन्त्रालयले अमेरिकालाई धन्यवाद दिंदै यस कदमले “आत्म–रक्षाका क्षमता बढाउने” र क्षेत्रीय शान्ति कायम राख्न मद्दत गर्ने जनाएको छ। ताइवानका विदेश मन्त्री लीन चिया लङ्गले पनि अमेरिकी समर्थनलाई “दक्षिण चीन सागर र ताइवान स्ट्रेट(जलडमरु)मा शान्ति राख्न जरुरी” भने।
ताइवानले हालै आफ्नो रक्षा बजेट जीडिपि को ३.३% पुर्याउने र २०३० सम्म ५% बनाउने योजना घोषणा गरिसकेको छ। राष्ट्रपति लाइ चिङ्ग ते ले ८ वर्षमा खर्च हुने ४० बिलियन डलरको विशेष रक्षा बजेट पनि सार्वजनिक गरेका छन्।
यसैबीच, अमेरिकी कांग्रेसले पारित गरेको नयाँ रक्षा ऐनले चीनविरुद्ध कडा भाषा प्रयोग गरेको भन्दै चीनले कडा आपत्ति जनाएको छ। चीनले अमेरिकामा रहेको आफ्नो दूतावासमार्फत “यो कानुन चीनको सार्वभौमसत्ता कमजोर पार्ने प्रयास हो” भन्ने प्रतिक्रिया दिएको छ।
तस्बिर : कृतिम बुद्धिमत्ता ,जेमानाइ एआइ
प्रतिक्रिया