
अमेरिकाको प्रसिद्ध विश्वविद्यालय म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी’ अर्थात् एमआइटीमा कार्यरत एक प्रभावशाली वैज्ञानिकको हत्या भएको छ।
४७ वर्षीय प्राध्यापक नुनो लोरेरोलाई गत सोमबार राति बोस्टन नजिकै रहेको उहाँकै घरमा गोली हानिएको थियो। अस्पताल पुर्याए लगत्तै मंगलबार उहाँको मृत्यु भएको घोषणा गरियो।
लोरेरो एक प्रसिद्ध भौतिकशास्त्री थिए । उले एमईटीको एउटा ठुलो प्रयोगशालाको नेतृत्व गरि रहेका थिए , जहाँ २५० भन्दा बढी मानिसहरूले ‘सफा र सुरक्षित ऊर्जा’ बनाउने विषयमा अनुसन्धान गरिरहेका छन्।
उनि भन्ने गर्थे “फ्युजन ऊर्जाले मानव इतिहासको गति नै बदलिदिनेछ।” पोर्चुगलमा जन्मिएका उनि एक मिलनसार गुरु र मार्गदर्शकका रूपमा चिनिन्थे । ।
प्रहरीले यस घटनालाई ‘हत्या’मानेर अनुसन्धान सुरु गरेको छ, तर अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन। छिमेकीहरूले राति तीन पटक ठुलो आवाज सुनेको बताएका छन्।
फ्युजन ऊर्जालाई सरल भाषामा बुझ्नु पर्दा यो ब्रह्माण्डको सबैभन्दा ठुलो ऊर्जाको स्रोत हो। सूर्य र ताराहरूले जसरी प्रकाश र ताप दिन्छन्, त्यही प्रक्रियालाई पृथ्वीमा दोहोर्याएर ऊर्जा निकाल्ने प्रविधिलाई नै ‘फ्युजन ऊर्जा’ भनिन्छ। यसमा दुईवटा साना र हल्का परमाणुहरू खासगरी हाइड्रोजनका प्रकारहरू, निकै उच्च तापक्रममा एकआपसमा जोडिन्छन्। यसरी जोडिँदा एउटा नयाँ र ठुलो परमाणु बन्छ र साथमा प्रशस्त मात्रामा ऊर्जा निस्कन्छ।
तस्बिर : कृतिम बुद्धिमत्ता (जेमानाइ एआइ )
प्रतिक्रिया