
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर १७ ,बुधबार राति ९ बजे व्हाइट हाउसबाट राष्ट्रलाई प्रत्यक्ष सम्बोधन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भने, “हाम्रो देशका लागि यो वर्ष उत्कृष्ट रह्यो, र अब अझै राम्रो समय आउँदैछ!”
व्हाइट हाउसकी प्रेस(छापा)सचिव क्यारोलिन लेभिटले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पको भाषणमा विगत ११ महिनामा भएको “ऐतिहासिक उपलब्धि” तथा आगामी योजनाहरूबारे विस्तृत रूपमा कुरा हुने बताइन्।
उनका अनुसार, ट्रम्पले देशलाई पुनः महान बनाउन आफ्नो प्रशासनले गरेका प्रमुख कार्यहरू र आगामी तीन वर्षका लक्ष्यहरूबारे स्पष्ट सन्देश दिनेछन्।
लेभिटले फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सीमाप्रहरी , अर्थतन्त्र, र अमेरिकी नागरिकका लागि आउने नयाँ नीतिहरू जस्ता महत्वपूर्ण विषयमा बोल्ने सम्भावना रहेको बताइन्। उनले थपिन्, “राष्ट्रपति ट्रम्पले के आउनेछ भनेर बताउनेछन्। उनि सदैव भन्छन्, सबैभन्दा राम्रो समय अझै आउन बाँकी छ।”
ट्रम्पले आफ्नो सम्बोधन ‘अत्यन्त राम्रो’ हुने विश्वास व्यक्त गरेका छन् । र।,राष्ट्रलाई सम्बोधन गर्न आतुर भएको बताएका छन्।
प्रतिक्रिया