
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सुरक्षाको चिन्ता देखाउँदै यात्रा प्रतिबन्धलाई थप विस्तार गरेका चाहन । यसले गर्दा पाँच नयाँ देशहरूका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ।
एपीका अनुसार ट्रम्प प्रशासनले अमेरिका प्रवेशका नियमहरू र अध्यागमनमा थप कडाइ गरिरहेको छ। व्हाइट हाउसले जारी गरेको घोषणामा भनिएको छ, “हामीसँग पर्याप्त जानकारी नभएका र सुरक्षामा खतरा पुर्याउन सक्ने विदेशीहरूलाई रोक्न यो प्रतिबन्ध एकदमै जरुरी छ।”
यस घोषणाले बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया गरी पाँच देशका नागरिकका साथै प्यालेस्टिनी भूभागले जारी गरेका यात्रा कागजात बोक्ने मानिसहरूलाई अमेरिका प्रवेशमा पूर्ण रोक लाग्नेछ। यसअघि आंशिक प्रतिबन्धमा रहेका लाओस र सिएरा लियोनमाथि पनि अब पूर्ण प्रतिबन्ध लागेको छ।
यसबाहेक, १५ अन्य देशहरू जस्तै: अंगोला, नाइजेरिया, तान्जानिया, जाम्बिया आदि माथि पनि आंशिक नियमहरू लागू गरिएका छन्।
ट्रम्प प्रशासनका अनुसार यीमध्ये धेरै देशहरूमा भ्रष्टाचार, झूटा वा भरपर्दो नभएका सरकारी कागजातहरू, र अपराधीहरूको अभिलेख सही नहुने समस्या छ। जसले गर्दा अमेरिकाले उनीहरूलाई राम्ररी जाँच गर्न गाह्रो हुन्छ। केही देशहरूले आफ्नो देशका नागरिकको कानुनी जानकारी अमेरिकालाई दिन मान्दैनन्।
यो पछिल्लो निर्णय वासिङ्गटन,डिसीममा ‘धन्यवाद दिवादको सप्ताहन्त’मा एक अफगानी नागरिकको गोलीकाण्डमा दुई राष्ट्रिय सैनिक बलमारिएपछि आएको हो। उक्त घटनाका संदिग्ध रहमानुल्लाह लकनवाल थिए। यस घटनापछि ट्रम्प प्रशासनले सुरक्षाको कारण देखाउँदै अध्यागमन नियमहरूलाई थप कडा बनाएको छ।
प्रतिक्रिया