व्हाइट हाउसको बृहत सभाकक्ष (बलरुम) निर्माण रोक्न अदालतद्वारा अस्वीकार, अदालतद्वारा दुई हप्ताको लागि ठूलो शर्त

इनेप्लिज २०८२ पुष १ गते २३:५६ मा प्रकाशित

अमेरिकी जिल्ला न्यायाधीश रिचर्ड जे. लियोनले व्हाइट हाउसमा नयाँ ‘बलरुम’ अर्थात् बृहत सभाकक्ष वा नाचघर) को निर्माणलाई तत्काल रोक्ने निवेदन अस्वीकार गरेका छन् । यो निवेदन ऐतिहासिक भवनहरू जोगाउने संस्थाले दिएको थियो।

न्यायाधीश लियोनले मंगलबारको सुनुवाइमा संस्थाले निर्माण रोक्नका लागि कहिले पनि अपूरणीय क्षति प्रमाणित गर्न नसकेको बताए । सिबिएसन्यूजका अनुसार क्षति प्रमाणित हुन् नसकेकोले निर्माण पूर्ण रूपमा नरोकिएको जनाएको छ ।

तर न्यायाधीशले व्हाइट हाउस प्रशासनका लागि केही ठूला शर्तहरू तोकेका छन् । अर्थात् न्यायाधीशले व्हाइट हाउस चलाउने प्रशासनलाई केही ठूला र कडा नियमहरू पालना गर्न लगाएका छन्।

उनले स्पष्ट आदेश दिँदै भनेका छन्: “अबको दुई हप्ताभित्र, कामदारहरूले जमिनमुनि यस्तो कुनै पनि निर्माण गर्न पाउने छैनन् जसले पछि बनाइने बलरुम कत्रो र कहाँ ठ्याक्कै बस्छ भन्ने कुरा पक्का गरोस्।”

यसको अर्थ हो, निर्माणको सबैभन्दा महत्त्वपूर्ण जग खन्ने वा बनाउने काम दुई हप्ताका लागि रोक्नुपर्छ। न्यायाधीश लियोनले चेतावनी दिदै भने यदि उनीहरूको यो आदेश तोडियो भने, व्हाइट हाउसले बनाएको त्यो संरचना ‘जबरजस्ती भत्काउनुपर्नेछ।’

ऐतिहासिक भवनहरू जोगाउने संस्थाले निर्माण रोक्नको लागि मुद्दा हालेको थियो। राष्ट्रपतिलाई कुनै पनिकानूनी समीक्षा बिना व्हाइट हाउसको भाग भत्काउने वा सार्वजनिक सम्पत्तिमा नयाँ निर्माण गर्ने अधिकार छैन भन्दै उनीहरूले तर्क राखेका थिए । यो परियोजना २०८५ सालको मध्यतिर सम्पन्न हुने अनुमान छ।

संस्थाका वकिलहरूले अदालतमा पटक-पटक पाँचवटा कानुनहरू तोडिएको तर्क दिएका छन्। तर, सरकारी वकिलहरूले भने कुनै पनि कानुन नतोडिएको र बृहत सभाकक्ष (बलरुम)को अन्तिम योजना नै तयार नभएको भन्दै प्रतिरक्षा गरेका छन्।

यो मुद्दाको अर्को प्रारम्भिक सुनुवाइ जनवरीको दोस्रो हप्तामा हुनेछ।

प्रतिक्रिया