हलिउड निर्देशक रोब राइनर र उनकी श्रीमतीको हत्याको आरोपमा छोरा निक राइनर पक्राउ, दुईवटा प्रथम दर्जाको हत्या अभियोग दर्ता गरिने

इनेप्लिज २०८२ पुष १ गते २३:३२ मा प्रकाशित

हलिउड निर्देशक रोब राइनर र उनकी श्रीमतीको हत्याको आरोपमा छोरा निक राइनर पक्राउ गरिएको छ । उनलाई दुईवटा प्रथम दर्जाको हत्या अभियोग दर्ता गरिने भएको छ ।

निक रेइनर माथि आफ्नै आमाबुबा प्रसिद्ध व्यक्तित्व रोब राइनर र उनकी पत्नी मिशेल सिङ्गर राइनरको हत्या गरेको गम्भीर आरोप लागेको छ। लस एन्जलस काउन्टीका जिल्ला वकिल नाथन होचम्यानले मंगलबार पत्रकार सम्मेलन गर्दै निक राइनर माथि विशेष परिस्थितिसहित दुईवटा प्रथम दर्जाको हत्या अभियोग दर्ता गरिने घोषणा गरे।

जिल्ला वकिल होचम्यानले भने, “यो क्षति शब्दमा बयान गर्न नसकिने खालको हो। हामी हत्यारा जोसुकै भए पनि उसलाई न्यायको कठघरामा ल्याउन प्रतिबद्ध छौं।” उनले प्रथम दर्जाको हत्या अभियोग जिल्ला वकिल कार्यालयले कसैमाथि लगाउन सक्ने सबैभन्दा गम्भीर कानुनी आरोप भएको स्पष्ट पारे।

यी अभियोग प्रमाणित भएमा आजीवन कारावास सशर्त रिहाइ बिना(परोल) बिना आजीवन कारावास वा मृत्युदण्ड सम्मको सजाय हुन सक्छ। यद्यपि, मृत्युदण्ड माग्ने वा न माग्ने भन्ने विषयमा कार्यालयले हालसम्म अन्तिम निर्णय गरेको छैन।

प्रहरीका अनुसार निक राइनरलाई आइतबार बिना कुनै संघर्ष पक्राउ गरिएको थियो। उनी लस एन्जलसको युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया( दक्षिणी बिश्वबिद्यालय) नजिकको क्षेत्रमा भेटिएका थिए। हाल उनी धरौटी बिना हिरासतमा राखिएका छन्।

अनुसन्धानसँग परिचित स्रोतहरूका अनुसार राइनर दम्पतीको शरीरमाधेरै चक्कु प्रहारका घाउहरु थिए। जिल्ला वकिल होचम्यानले पनि हत्या चक्कु जस्तो घातक हतियार प्रयोग गरेर गरिएको पुष्टि गरेका छन्, जसलाई अभियोगमा विशेष परिस्थितिका रूपमा समावेश गरिएको छ।

सिबिएसन्यूजका अनुसार निक राइनरका वकिलका अनुसार उनी स्वास्थ्य समस्याका कारण अदालतमा उपस्थित हुन सकेका छैनन्। उनी हाल नियमित स्वास्थ्य स्वीकृति प्रक्रियामा छन्, जुन हिरासतमा रहेका व्यक्तिका लागि सामान्य प्रक्रिया हो। यो प्रक्रिया पूरा भएपछि उनलाई अदालतमा उपस्थित गराइनेछ।

अहिलेसम्म प्रहरीले हत्या किन भयो, प्रमाण के छन्, वा मानसिक अवस्थाबारे कुनै विवरण सार्वजनिक गरेको छैन। उनले अनुसन्धानकर्तालाई कुनै बयान दिएका छन् कि छैनन् भन्नेबारे पनि जानकारी दिइएको छैन।

हत्या हुनुभन्दा एक रातअघि राइनर परिवार कोनन ओ’ब्रायनको घरमा आयोजित भोजमा सहभागी भएक थिए । त्यहीँ रोब राइनर र निक राइनर रेइनरबीच चर्को बहस भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

हत्या भएको दिन राइनर दम्पती पूर्व राष्ट्रपति बाराक ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामासँग भेट्ने तयारीमा थिए। मिशेल ओबामाले दूरदर्शन (टेलिभिजन )कार्यक्रममा यो खबर सुन्दा आफू अत्यन्तै स्तब्ध भएको बताइन्।

यस घटनाले राइनर परिवारका साथीहरूलाई पनि स्तब्ध बनाएको छ। मिशेल ओबामा ले रोब र मिचेल आफ्ना लामो समयदेखिका साथी रहेको बताइन ।

प्रतिक्रिया