प्रशान्त महासागरमा अमेरिकी सेनाको फेरि घातक कारबाही,तीन वटा डुंगामा आक्रमण गर्दा ८ जनाको मृत्यु

इनेप्लिज २०८२ पुष १ गते ११:१६ मा प्रकाशित

अमेरिकी सेनाले प्रशान्त महासागरको पूर्वी क्षेत्रमा फेरि लागू औषध तस्करीमा संलग्न भएको आरोप लागेका तीन वटा डुंगा (बोट)माथि आक्रमण गरेको छ। सोमबार भएको यो कारबाहीमा ८ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जनाएको छ।

साउथकमले सामाजिक सञ्जाल एक्स (X)मा आक्रमणको श्रब्यदृश्य (भिडियो) पनि सार्वजनिक गरेको छ। कमाण्डका अनुसार यो कारबाही युद्ध सचिव पीट हेगसेथ र विशेष सयुक्त कार्यबल दक्षिणी सैन्य टोलीको निर्देशनमा गरिएको हो।

सेनाले बताए अनुसार गुप्तचर सूचनाले ती डुंगा लागू औषध तस्करीका लागि प्रयोग हुने परिचित समुद्री मार्ग हुँदै गइरहेको पुष्टि गरेको थियो। ती डुंगामा सवार व्यक्तिहरू लागू औषध तस्करी (नार्को–ट्राफिकिङ) मा संलग्न रहेको आरोप लगाइएको छ।

अधिकारीहरूका अनुसार पहिलो डुंगामा ३ जना, दोस्रोमा २ जना र तेस्रोमा ३ जना गरी जम्मा ८ जना पुरुष मारिएका छन्। एबिसीन्यूजका अनुसार सेनाले उनीहरूलाई “नार्को–आतंककारी” भनेको छ।

यो पछिल्लो हमला राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत प्रशान्त क्षेत्रमा भएका धेरै घातक आक्रमणमध्ये एक हो। अहिलेसम्म २५ वटा हमलामा कम्तीमा ९५ जनाको ज्यान गएको बताइएको छ।

प्रतिक्रिया