
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हलिउड निर्देशक रोब राइनरप्रति आफ्नो आलोचना अझ कडा बनाएका छन्। उनले राइनरलाई “मानसिक रूपमा असन्तुलित व्यक्ति” भनेका छन्।
ह्वाइट हाउसको ओभल अफिस(कार्यलय)बाट बोल्दै राष्ट्रपति ट्रम्पले भने, “म उनको कहिल्यै पनि समर्थक थिइनँ। उनमा ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ अर्थात् अति घृणा गर्ने रोग” देखिन्थ्यो।” ट्रम्पका अनुसार राइनर अमेरिकाका लागि राम्रो व्यक्ति थिएनन्।
यो टिप्पणी रोब राइनर र उनकी पत्नी मिशेल सिंगर राइनर मृत अवस्थामा फेला परेको भोलिपल्ट आएको हो। उनीहरूको मृत्यु हत्या हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
यसअघि पनि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा राइनरको मृत्युको कारण “ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम” अर्थात् अति घृणा गर्ने रोग”हुनसक्ने संकेत दिएका थिए।
तर ट्रम्पका यी अभिव्यक्तिलाई धेरैले अनुचित र आपत्तिजनक भनेका छन्। डेमोक्र्याट मात्र होइन, रिपब्लिकन दलका केही नेताहरूले पनि यस्तो संवेदनशील समयमा यस्तो भाषा प्रयोग गर्नु गलत भएको बताएका छन्।
प्रतिक्रिया