लस एन्जलसमा हलिउडका चर्चित निर्देशक रोब राइनर र श्रीमतीको निर्मम हत्या : प्रहरीद्वारा अनुसन्धान जारी

इनेप्लिज २०८२ मंसिर ३० गते ११:३५ मा प्रकाशित

हलिउडका निकै प्रसिद्ध निर्देशक, निर्माता र अभिनेता रोब राइनर र उनकी श्रीमती मिशेल सिंगरको रहस्यमय मृत्यु भएको छ। उनिहरू दुवैजना एबिसीन्यूजका अनुसार उनीहरु दुवै लस एन्जलसस्थित आफ्नै घरमा आइतबार मृत फेला परेका हुन् ।

प्रहरी स्रोतहरूका अनुसार दुवैको शरीरमा छुरा प्रहार गरिएको थियो र यो घटना हत्या भएको जस्तो देखिएको छ। रोब राइनर ७८ वर्षका थिए मिशेल ६८ वर्षकी थिइन् ।

राइनर परिवारले गहिरो दुःख व्यक्त गर्दै यो अचानक भएको घटनाले आफूहरू मर्माहत भएको बताएका छन्।

प्रहरीले आइतबार राति पत्रकार सम्मेलन गरेर यो घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। उनीहरूले हालसम्म कसैलाई पनि पक्राउ गरेका छैनन् र अपराधीको पहिचान हुन सकेको छैन् ।

लस एन्जलसका नगर प्रमुख कारेन बासले यसलाई “शहर र देशकै लागि एक ठूलो क्षति” भन्दै दुःख व्यक्त गरेकी छन् । रोब राइनरले द प्रिन्सेस ब्राइड व्हेन ह्यारी मेट स्याली जस्ता विश्वचर्चित चलचित्र हरू निर्देशन गरेका थिए । साथै उनले सामाजिक न्यायका लागि पनि धेरै काम गरेका थिए ।

प्रहरीको हत्या तथा डकैती अनुसन्धान टोली घटनास्थलमा खटिएको छ।

प्रतिक्रिया