ठूलो दुर्घटना टर्‍यो : भर्जिनियाबाट टोकियो जान लागेको युनाइटेड बिमानसेवाको जहाज धावनमार्ग मै आगो लाग्दा सबै यात्रु सकुशल

इनेप्लिज २०८२ मंसिर ३० गते ११:०७ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै गरेको एउटा ठूलो विमानमा शनिबार एउटा घटना भयो। युनाइटेड एयरलाइन्स(बिमानसेवा)को उडान संख्या ८०३ टोकियो जाँदै गर्दा दुर्घटनाबाट बालबाल जोगिएको छ । यसमा २७५ यात्रु र १५ जना कर्मचारी गरी जम्मा २९० जना यात्रुहरू थिए।

दिउँसो करिब १२:२० बजे विमानले उडान भर्ने क्रममा जहाजको बायाँ यन्त्र अचानक बिग्रियो। इन्जिनको एक भाग छुट्टिएर धावन मार्ग बाटोनजिकै खस्यो र त्यहाँ नजिकैको घाँसपातमा आगो पनि लाग्यो।

तर, यो घटनामा कसैलाई पनि चोटपटक लागेन। बिमानचालकहरूले बिग्रिएको यन्त्र सहित विमानलाई आकाशमा ५,००० फिटको उचाइमा पुर्‍याए। टोकियोसम्म जानका लागि बोकेको धेरै तेल (इन्धन) लाई भर्जिनियाको खाली ठाउँमा फालिसकेपछि, विमानलाई करिब १:३० बजे सुरक्षित रूपमा डलस विमानस्थलमै फर्काएर अवतरण गरियो।

एबिसीन्यूजका अनुसार यात्रुहरूलाई पछि अर्को जहाजमार्फत टोकियो पठाउने व्यवस्था गरिएको बिमानसेवाले जानकारी दिएको छ।

प्रतिक्रिया