
अमेरिकाको रोड आइल्याण्ड स्थित प्रतिष्ठित ब्राउन विश्वविद्यालयमा भएको भीषण गोलीकाण्डले देशलाई नै स्तब्ध बनाएको छ।
शनिबार भएको यस दुखद घटनामादुई जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्। घटनासँग सम्बन्धित एक ‘संदिग्ध व्यक्ति’ आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रोभिडेन्स प्रहरी विभागले जनाएको छ।
प्रहरीका अनुसार उक्त व्यक्ति आइतबार बिहान करिब ३:४५ बजे रोड आइल्याण्डको कोभेन्ट्रीस्थित एक अतिथिगृहबाट पक्राउ परेका हुन्। पक्राउ पर्दा उनीसँग दुई वटा बन्दुक रहेको आशंका गरिएको छ। प्रहरीले भने हालसम्म उनलाई “संदिग्ध” मात्र भनेको छ। पक्राउ परेका व्यक्ति ब्राउन विश्वविद्यालयका विद्यार्थी होइनन्।
प्रोभिडेन्सका नगर प्रमुख ब्रेट स्माइलीले पत्रकार सम्मेलनमा भने, “हामीले संदिग्धलाई नियन्त्रणमा लिएका छौं। अब नागरिकहरू केही हदसम्म ढुक्क हुन सक्छन्।” यसपछि विश्वविद्यालय क्षेत्रमा जारी गरिएको घरभित्रै बस्नू’ आदेश हटाइएको छ।
यो गोलीकाण्ड अभियन्त्रणा तथा भौतिक बिज्ञान( इन्जिनियरिङ र फिजिक्स )पढाइ हुने एक सभाकक्षमा भएको हो। त्यतिबेला विद्यार्थीहरू अन्तिम परीक्षा (फाइनल) को तयारी कक्षामा थिए।
विश्वविद्यालयकी अध्यक्ष क्रिस्टिना प्याक्सनले भनिन्, “यो अत्यन्तै दुःखद दिन हो। कुनै पनि परिवारले यस्तो पीडा भोग्न नपरोस्।”
घाइते नौमध्ये आठ जना अझै अस्पतालमा उपचाररत छन्। तीमध्ये सात जनाको अवस्था स्थिर र एक जनाको अवस्था गम्भीर तर नियन्त्रणमा रहेको छ।
प्रतिक्रिया