
सन् १९९८ मा स्थापना भएको अमेरिकाकै सर्वाधिक सक्रिय र अमेरिकामा रहेका नेपाली गैर मुनाफा संस्थाहरु मध्ये कै शीर्ष ३ मध्ये कै एक नेपाली समाज टेक्सस(एएसटी)को निर्वाचनमा वर्तमान महासचिव विजय भुसाल अध्यक्ष पदमा बिजयी भएका छन् ।
उनले अहिले डिसेम्बर १४ बिहान ८:३० मा गरेको आधिकारिक अध्यावधिक अनुसार खसेको कुल मत ३,८७० मध्ये विजय भुसालले २,३१८ प्राप्त गर्दै जीत हासिल गरेका छन् । त्यस्तै उनका प्रतिद्वन्दी जनक भण्डारीले १,३९१ मत प्राप्त गरि उपबिजेता भएका छन् ।
अझै अन्तिम परिणाम आउन बाकि रहेको एनएसटीका अधिकारीहरुले ईनेप्लिजलाई बताएका छन् ।
नेपाली समाज टेक्ससको आधिकारिक संजालस्थल (वेबसाइट)का अनुसार र भर्खरै अध्यावधिक गरिए अनुसार विजयी उम्मेदवारहरूको सूची यस प्रकार रहेको छ ।
विजयी उम्मेदवारहरूमा अध्यक्ष- पदमा विजय भुसालले २,३१८ मत प्राप्त गर्दै बाजी मारेका छन् । वरिष्ठ उपाध्यक्षमा जीवलाल भूसालले १,७७८अङ्क प्राप्त गरेका छन् ।

यसै गरि महिला उपाध्यक्षमा राधिका खरालले २२९२ , उपाध्यक्षमा दिलिप राइले १७५७ ,महासचिवमा प्रबिस श्रेष्ठले – १९५१ , सचिवमा नारायण बहादुरले के.सी.-१८८४ , कोषाध्यक्षमा प्रेम थापाले -१७९१ ,सह-कोषाध्यक्षमा कान्ती नेपालले- २,२१७ ,खेलकुद संयोजक उजित अधिकारीले -१६९५ १, ,महिला संयोजक- सोनी थापा-सोनिशाले -१,८८५ तथा युवा तथा विद्यार्थी संयोजकमा आदर्श भण्डारीले २००२ ले मत प्राप्त गर्दै बिजयी भएका छन् ।
त्यस्तै कार्यकारी सदस्यहरूको परिणाम अनुसार कुल ११ जना उम्मेदवारहरू मध्ये उनीहरूको मत संख्या अनुसारको सूची यस प्रक्रार रहेको छ ।
बिजयी हुने उम्मेदवारमा क्रमस अर्जुन बम — १५३९
बाबुराम अर्याल — १५१८
बिशोक मगर — १२८४
हेम भट्ट — १४९५
कृष्णप्रसाद प्रसाई — १३०९
प्रदीप पौडेल — १५४०
प्रकाश नेपाल (पुण्य) — १०३२
रमेश थापा — १२८६
रीना क्षेत्री — १८४१
तारामणि धामी — ११८९
उत्पल खड्का — ९२७
रहेका छन् ।
एनएसटीले आफ्नो प्रकाशनमा यो नतिजा प्रारम्भिक मात्र हो भनेको छ । अन्तिम आधिकारिक परिणाम निर्वाचन समितिले मत गणना पूरा गरेपछि प्रकाशित गर्नेछ भन्ने कुरा स्पष्ट पारेको छ ।
यसको अर्थ अहिले मत संख्या परिवर्तन हुन सक्छ। अन्तिम परिणाम आधिकारिक रूपमा आएपछि मात्र को-को विजयी भए भन्ने निश्चित हुनेछ।
एनएसटीले ड्यालस/फोर्ट वर्थ क्षेत्रका सबै नेपाली संस्थाहरूको एकता र समन्वय गर्छ। यसको मुख्य उद्देश्य स्थानीय तथा संघीय नियमअनुसार समुदायका सदस्यहरूको कल्याण र हित सुनिश्चित गर्नु हो। साथै, स्थानीय वा विश्वव्यापी प्राकृतिक विपत्तिको समयमा राहत र पुनर्निर्माणका लागि सहयोग जुटाउनु पनि यसको महत्त्वपूर्ण लक्ष्य हो।
प्रतिक्रिया