
अमेरिकी सरकारी निरीक्षण तथा सरकारी सुधार सम्बन्धी सदन समितिका डेमोक्र्याट सांसदहरूले जेफ्री एपस्टिनको सम्पत्तिबाट प्राप्त तस्बिरहरूको अर्को समूह सार्वजनिक गरेका छन्। यी तस्बिरहरूमा डोनाल्ड ट्रम्प, बिल क्लिन्टन र वुडी एलेन जस्ता शक्तिशाली व्यक्तिहरू देखिएका छन्।
यी तस्बिरहरू सार्वजनिक भएपछि ह्वाइट हाउसले डेमोक्र्याटहरूमाथि “चाहिएका मात्र तस्बिर छानेर” झूटो कथाबनाउन खोजेको आरोप लगाएको छ।
सरकारी निरीक्षण डेमोक्र्याटहरूले एपस्टिनको सम्पत्तिबाट ९५,००० भन्दा बढी नयाँ तस्बिर प्राप्त भएको र यी तस्बिरहरूले एपस्टिनको विश्वका शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धबारे थप प्रश्न उठाएको बताएका छन्। उनीहरूले ह्वाइट हाउसलाई सम्पूर्ण मिसिल(फाइल)हरू सार्वजनिक गर्न माग गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले डेमोक्र्याटहरूले राजनीतिक फाइदा का लागि मात्रै तस्बिरहरू सार्वजनिक गरिरहेको आरोप लगाइन्। उनले भनिन् ,ट्रम्प प्रशासनले एपस्टिनका पीडितहरूका लागि धेरै काम गरेको छ र पारदर्शिताका लागि हजारौं कागजातहरू जारी गर्न भनिरहेको छ।
यस विषयमा राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै, “एपस्टिनलाई सबैले चिन्थे, फ्लोरिडाको पाम बिच शहरमा सबैतिर तस्बिरहरु खिच्थे। धेरै मानिसहरूसँग तस्बिर छ, यो ठूलो कुरा होइन।”
यो घटनाक्रम एपस्टिनको २०१७ को मानव बेचबिखन सम्बन्धी मुद्दाका गोप्य कागजातहरू सार्वजनिक गर्न संघीय न्यायाधीशले अनुमति दिएको केही दिनपछि आएको हो।
प्रतिक्रिया