
ऐतिहासिक भवनहरू जोगाउने काम गर्ने नेशनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसन(ऐतिहासिक संरक्षणका लागि राष्ट्रिय गुठी) नामक संस्थाले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हालेको छ। यो मुद्दा ह्वाइट हाउसको पूर्वी भाग भत्काएर नयाँ भोज घर बनाउने काम रोक्नका लागि हो।
संस्थाले यो निर्माण कार्य गैरकानुनी भएको आरोप लगाएको छ किनभने यसको लागि गर्नुपर्ने सार्वजनिक समीक्षा र छलफल प्रक्रियाहरू पूरा गरिएको छैन। उनीहरूले ट्रम्प प्रशासनलाई यो विषयमा आम जनताको राय लिने सहितका कानुनी प्रक्रियाहरू पूरा नगरेसम्म काम रोक्न माग गरेका छन्।
राष्ट्रिय गुठीका प्रमुख क्यारोल क्विलेनले भनिन् “ह्वाइट हाउस हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण र विश्वभर चिनिएको भवन हो। हाम्रो इतिहास जोडिएको यो ठाउँलाई जोगाउन हामीले यो मुद्दा हाल्न बाध्य भयौं।”
ट्रम्प प्रशासनले भन्यो “राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसलाई आधुनिकीकरण मर्मत र सुन्दर बनाउने **पूर्ण कानुनी अधिकार छ, जसरी उनका अघिल्ला राष्ट्रपतिहरूले पनि गरेका थिए।”
तर, मुद्दामा भनिएको छ, “कुनै पनि राष्ट्रपतिलाई – न ट्रम्प, न जो बाइडेनलाई – कुनै पनि समीक्षा नगरी ह्वाइट हाउसका भागहरू भत्काउने कानुनी अधिकार छैन।” प्रशासनले ठूला कार्यक्रमहरू आयोजना गर्न नयाँ भोज घर आवश्यक भएको बताए पनि, पूर्वी भागभत्काउने काम कुनै ठूलो सार्वजनिक समीक्षाबिना नै अगाडि बढाइएको थियो।
कानुनी प्रक्रियाअनुसार निर्माणका योजनाहरू राष्ट्रिय राजधानी योजना आयोग (नेशनल क्यापिटल प्लानिङ कमिसन )जस्ता निकायबाट स्वीकृत हुनुपर्ने हुन्छ। तर, ट्रम्पका एक सहयोगीले यस आयोगको क्षेत्राधिकार निर्माणमा मात्र लागू हुने, भत्काउने काममा नहुने भनी तर्क दिएका छन्।
प्रतिक्रिया