ट्रम्पलाई मुद्धा दायर गरेको जर्जियाको फुल्टन काउन्टी विरुद्ध न्याय विभागद्वारा मुद्दा दायर

इनेप्लिज २०८२ मंसिर २८ गते ११:०६ मा प्रकाशित

अमेरिकी न्याय विभागले जर्जियाको फुल्टन काउन्टी विरुद्ध मुद्दा हालेको छ। यो मुद्दा २०२० को चुनावमा प्रयोग भएका महत्त्वपूर्ण कागजातहरू जस्तै मतपत्रका मतपत्रका प्रमाण तथा दस्तखत भएका खामहरू प्राप्त गर्नका लागि हो।

यसलाई ट्रम्प प्रशासनले हारेको २०२० को चुनावको विषयमा थप अनुसन्धान गर्न खोजेको पछिल्लो कदमका रूपमा हेरिएको छ। फुल्टन काउन्टीले संघीय चुनाव कानुनको पालना गरेको छ कि छैन भनी जाँच गर्न महान्यायाधिवक्ता पाम बन्डीले अनुसन्धान गरिरहेको न्याय विभागले बताएको छ।

न्याय विभागका अधिकारीहरूले फुल्टन काउन्टीलाई पहिला नोभेम्बरमा एउटा पत्र पठाएका थिए । न्याय विभागले ती कागजातहरू मागेको थियो । तर, त्यो पत्रको कुनै जवाफ नआएपछि मुद्दा दायर गर्नु परेको विभागको दाबी छ।

स्मरण रहोस्, राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि २०२० को चुनावमा आफू विजयी भएको झूटो दाबी गर्दै आई रहेका छन् जबकि उनि जर्जियासहित जो बाइडेनसँग पराजित भएका थिए । चुनावको नतिजा उल्टाउने प्रयास गरेको आरोपमा ट्रम्प र अन्य १८ जनामाथि फुल्टन काउन्टीमा मुद्दा चलाइएको थियो, तर गत महिना मात्र ती सबै आरोप खारेज गरिएका थिए।

एबिसीन्यूजले यस मुद्दाको बारेमा जिज्ञाशा राख्दा काउन्टीका कर्मचारी कार्यालयले अदालतमा विचाराधीन विषयमा टिप्पणी गर्न नमिल्ने भन्दै जवाफ दिन अस्वीकार गरेको छ।

प्रतिक्रिया