
एक संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनले भेनेजुएलाका आप्रवासीहरूलाई देश निकाला गरेको विषयमा हुन लागेको सुनुवाइलाई शुक्रबार अस्थायी रूपमा रोक लगाएको छ।
अमेरिकी जिल्ला न्यायाधीश जेम्स बोआजवर्गले न्याय विभागका वरिष्ठ वकिलहरूलाई बयानका लागि बोलाएका थिए । न्यायधिशले प्रशासनले आफ्नो मौखिक आदेशलाई बेवास्ता गर्दै दुई विमान भरिका आप्रवासीहरूलाई एल साल्भाडोरको कुख्यात कारागार मा किन पठायो भन्नेबारे अनुसन्धान गरिरहेका थिए ।
ट्रम्प प्रशासनले गत मार्चमा विदेशी शत्रु ऐन नामक १८ औं शताब्दीको पुरानो कानुन प्रयोग गरी कथित गिरोहका सदस्यहरूलाई देश निकाला गरेको थियो। उनीहरूले भेनेजुएलाको ‘ट्रेन डे आरागवा’ गिरोहले अमेरिकामा आक्रमण गरिरहेको तर्क दिएका थिए।
न्यायाधीश बोआजवर्गले विमान फर्काउन मौखिक आदेश दिए पनि न्याय विभागका वकिलहरूले त्यो आदेश कानुनी रूपमा त्रुटिपूर्ण भएको भन्दै देश निकालालाई निरन्तरता दिएका थिए।
न्याय विभागले पुनरावेदन अदालतमा निवेदन दिँदै सुनुवाइ एउटा अनावश्यक तमाशा मात्र हो र उनिहरूलाई बिनाकारण दुःख दिन खोजिएको आरोप लगाएको थियो ।
प्रतिक्रिया