
एक महत्त्वपूर्ण घटनाक्रममाअमेरिकाको भर्जिनियामा रहेको एक निर्णायक मन्डल(ग्रान्ड जूरी)ले दोस्रोपटक पनि न्यूयोर्ककी महान्यायाधिवक्ती लेटिसा जेम्सलाई पुनः अभियोग लगाउने माग अस्वीकार गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोत्साहित गरेको घर बन्धक धोखाधडी (मोर्टगेज फ्रड) सम्बन्धी अभियोग पुनः जिवित पार्न न्याय विभागले गरेको प्रयास यसपटक पनि विफल भएको हो।
गत हप्ता नोरफोकस्थित निर्णायक मन्डल(ग्रान्ड जूरी)ले अभियोग अस्वीकार गरेपछि न्याय विभागले फेरि अलेक्जान्ड्रिया, भर्जिनियाको अर्को निर्णायक मन्डल(ग्रान्ड जूरी) मा सोही मुद्दा पेस गरेको थियो। तर, त्यसले पनि अभियोग नलगाउने निर्णयगरिदियो।
एपिका अनुसार घटनाबारे जानकारी भएको तर सार्वजनिक रूपमा बोल्ने अनुमति नपाएका एक व्यक्तिले घटनाको पुष्टि गरेका हुन्। उनीहरूले नाम नखुलाइने शर्तमा यो जानकारी दिएका हुन्।
यो कदमले न्याय विभागका लागि अर्को ठूलो हार देखाएको छ। यसअघि पनि लेटिसा जेम्स र राष्ट्रपति ट्रम्पका लामो समयका आलोचक पूर्व एफविआइ निर्देशक जेम्स कोमी विरुद्ध लगाइएका अन्य आरोपहरू खारेज भइसकेका थिए।
प्रतिक्रिया